Tuesday, September 25, 2018

सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाइरहन्छ, देश कंगाल बन्छः बाबुराम



१० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्माण क्षेत्रमा देखिएको विकृति समाधान गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् । अन्यथा बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने उनको भनाइ छ ।

संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ऐन संशोधनको आवश्यकता औंल्याएका हुन् ।पूर्वअर्थमन्त्री समेत रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनकै कारण राजनीतिक नेतृत्व, इन्जिनियर, ठेकेदारबीच कमिसनखोर गठबन्धन बनेको र पप्पुजस्ता बदनाम निर्माण कम्पनीले ठेक्का पाएको उल्लेख गरेका छन् ।सार्वजनिक खरिद ऐनमा संशोधन नगरेसम्म र राजनीतिक नेतृत्व, प्रशासन, इन्जिनियर, ठेकेदारबीच कायम रहेको कमिसनखोरीको गठबन्धन नभत्काएसम्म पप्पुहरूले ठेक्का पाइरहने, भ्रष्टहरू मालामाल भइहने र देश कंगाल बनिरहने शृंखला रोकिन्न है !’, अमेरिकामा रहेका डा. भट्टराईले ट्वीट गरेका छन्, ‘अर्थ समितिमा मेरो पनि आवाज बाहिरैबाट थपें ! छिटो कदम चालियोस् !’

सार्वजनिक खरिद ऐनमा संशोधन नगरेसम्म र राजनीतिक नेतृत्व, प्रशासन,इन्जिनीयर, ठेकेदार वीच कायम रहेको कमिसनखोरीको गठबन्धन नभत्काएसम्म पप्पुहरूले ठेक्का पाइरहने, भ्रष्टहरू मालामाल भैरहने र देश कंगाल बनिरहने शृंखला रेकिन्न है! अर्थ समितिमा मेरो पनि आवाज बाहिरैबाट थपें!छिटो कदम चालियोस!

No comments:

Post a Comment