अन्र्तजातिय विवाह गरेकी रविना बादि न्याय खोज्दै काठमाडौ आईपुगेकी छिन् । करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओली संग विवाह गरेकी उनुलाई श्यामलाले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएकी हुन ।
जाजरकोट राउद गाउँ घर भएकी रविनाले श्यामलालसंग प्रेम विवाह गरेकी हुन । उनीहरुको प्रेम विवाह पछि एक सन्तान छ । हाल उनीहरुको छोरा पाँच महिनाको भयो ।
उनीहरु दुबैले परिवारको सल्लाहमै प्रेम विवाह गरेका थिए । पहिले केहि समय त घर परिवारमा राम्रै थियो । तर, विस्तारै उनको परिवारमा परिवर्तन आयो । उनीहरुले अन्र्तजातिय विवाह गरेकी रुविनालाई घृणा गर्न थाले ।
उनले न्याय माग्दै जाजरकोट तथा बर्दियाका न्यायिक निकायकाहरु ढोकाहरु ढकढक्याउदा समेत सुनुवाई नभधएपछि उनी न्याय पाउने आसमा काठमाण्डौ छिरेकी हुन।
भिडियो:
No comments:
Post a Comment