Thursday, September 27, 2018

प्रदेश राजधानी तोक्न मुख्यमन्त्री राईले सुरु गरे छलफल



११ असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामांकनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सां सदहरुसंग छलफल शुरु गरेका छन ।

नेकपाका केही सांसदलाई मुख्यमन्त्री राईले बिहीबार साँझ आफ्नो कार्यालयमा बोलँएर राजधानी र नामांकनको विषयमा राय लिएका हुन् । उनले मोरङ, उदयपुर र संखुवासभाका सांसदहरुलाई कार्यालयमा बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए ।छलफलमा सहभागी नेकपाका संासद विजय विश्वासका अनुसार मुख्यमन्त्रीसंगको छलफलमा मोरङ जिल्लाका ११ जना संासदहरुको सहभागी थिए ।

मोरङका सांसदहरुसंगको छलफलमा आफनो राय प्रस्तुत गदै मुख्यमन्त्री राईले आफु वृहत विराटनगरको पक्षमा रहेकाले सोही अनुसार सबैलाई पायक पर्ने स्थानमा स्थायी राजधानी राख्ने पक्षमा रहेको बताएका थिए ।

उनले तत्काल नामको बिषयमा सहमति नजुटे नामलाई थाती राखेर भए पनि स्थायी राजधानी टुंग्याउनुपर्ने पक्षमा आफू रहेको बताएका थिए ।
मुख्यमन्त्री राईले विराटनगर, धरान, इटहरी, इनरुवा, सुन्दरहरैचालाई समेटेर वृहत विराटनगर बनाउने योजना सुनाएका थिए । मुख्यमन्त्री राईले राखेको छलफलमा मोरङका सांसदहरुले भने व्यवस्थापिका र कार्यापालिका एउटै शहरमा राख्नुपर्ने धारणा राखेका थिए ।

प्रदेश १ को नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै प्रदेश सरकारको आलोचना अहिले भइरहेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुईतिहाइ बढी मत रहेको नेकपाभित्रै समान धारणा नभएकाले नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ ।

No comments:

Post a Comment