Sunday, September 23, 2018

तीन एआर्इजीलाई दर्ज्यानी चिह्न प्रदान

असोज, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआर्इजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआर्इजी)मा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

असोज ५ गते बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार डीआर्इजीबाट एआर्इजीमा बढुवा भएका डिआइजीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरे ।कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य-अपराध अनुसन्धान विभाग, राईलाई प्रहरी प्रधान कार्यालय मानवस्रोत-प्रशासन विभाग र बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको हो ।

महानिरीक्षक खनालले बढुवापछिको सङ्गठनलाई योगदान अझै बढी हुने भएकाले नेतृत्व, निर्णय क्षमता, साङ्गठनीक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप क्षमताको राम्रो प्रदर्शन गरी महत्वपूर्ण ढङ्गले काम गर्नुपर्ने बताए ।

No comments:

Post a Comment