Friday, September 21, 2018

मध्यराति भयो ६० यात्रु सवार बस दुर्घटना, भारतीय ट्रकसँग ठोक्कियो, राजमार्ग अवरुद्ध



कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

काठमाडौंदेखि दाङका लागि छुटेको ना६ख ९२८ नम्बरको यात्रुवाहक बस बिहीबार राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नम्बरको भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो ।

बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा अहिले राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

साभार: mediadabali

No comments:

Post a Comment