Friday, September 21, 2018

उडिरहेकाे विमानभित्र यात्रुका नाक र कानबाट रगत बग्न थालेपछि विमान नै फर्काइयाे !

काठमाडाैँ । बिहीबार भारतकाे एउटा विमानका यात्रुहरुमा अनाैठाे समस्या देखियाे । साे समस्याका कारण उडिसकेकाे विमान नै फिर्ता गर्नुपर्याे ।

आन्तरिक उडानमा रहेको बोइङ ७३७ विमानका यात्रुहरुकाे नाक र कानबाट रगत बगेकाे थियाे । विमानका कर्मचारीहरूले क्याबिनभित्र हावाको उचित चाप व्यवस्थापन गर्ने स्विच थिच्न बिर्सिँदा सो समस्या अाएकाे बताइएकाे छ ।

विमान कर्मचारीहरुकाे असावधानीका कारण यात्रुहरुलार्इ समस्या भएकाे हाे । केही यात्रुहरुको नाक र कानबाट रगत बग्नुका साथै कतिपयको टाउको दुखेको जनाइएकाे छ । सामाजिक सञ्जालमा राखिएका तस्वीर भिडियाेहरुमा यात्रुहरुले अक्सिजन मास्क लगाइरहेको समेत देखिएको छ ।

उडान सुरु गरेकाे केही समयमै यात्रुहरुमा समस्या देखिएपछि साे विमानलाई फर्काउन बाध्य भएको त्यहाँका नागरिक उड्डयन अधिकारीहरूले बताएका छन् । सो घटनाका कारण मुम्बईबाट जयपुरतर्फ उडेको जेट एयरवेज विमानमा कार्यरत कर्मचारीहरूलाई निलम्बित गरिएको छ । सो घटनाबारे छानबिन भइरहेको बताइएको छ।



उक्त विमानमा १६६ यात्रु सवार थिए । मुम्बई फर्काइएका यात्रहरूलाई चिकित्सकले उपचार गरेकाे बताइएकाे छ । चिकित्सकले तीस जनाभन्दा धेरै यात्रुहरूलाई त्यसरी उपचार गरिएको अधिकारीहरूले बताएका छन् ।

गत जनवरीमा पनि लन्डनबाट मुम्बईका लागि उडेको एउटा विमानको ककपिटभित्र झगडा गरेको विवरण सार्वजनिक भएपछि जेट एयरवेजले आफ्ना दुई विमानचालकहरूलाई निलम्बन गरेको थियो । तीन सय चौबीस यात्रु भएको सो विमानले सकुशल अवतरण गरेको थियो । (बिबिसीबाट)

No comments:

Post a Comment