१२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकलाई सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा प्रधानमन्त्रीले नेपालमा रहेका शरणार्थीदेखि लिएर क्षेत्रीय संगठन सार्कको समेत विषय उठान गरेका छन् ।
नेपालको आन्तरिक मामिला एवं राजनीतिक वस्तुस्थितिबारे राष्ट्र संघको महासभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूलाई दुई तिहाई समर्थन प्राप्त रहेको र प्रदेशहरुमा पनि बहुमतको सरकार बनेको बताएका छन् ।पश्चिमाहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पक्षमा कुरा उठाउने र नेपाललाई दबाव दिने गरिरहेका बेला प्रधानमन्त्री ओलीले मानवताका आधारमा नेपालले शरणार्थीहरुलाई शरण दिइरहेको बताएका छन् । उनीहरुलाई सम्मानका साथ घर फर्काउने पहल गर्न अन्तरराष्ट्रिय समुदायसँग प्रधानमन्त्रीले आग्रहसमेत गरेका छन् ।
आफ्नो सम्वोधनमा प्रधानमन्त्री ओलीले भने– ‘नेपालले मानवताका आधारमा हजारौँ शरणार्थीहरूलाई शरण दिएको छ । अन्तरराष्ट्रिय समुदायले उनीहरूको सम्मानका साथ घर जान पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्छ ।’
अन्तरराष्ट्रिय मुद्दाहरुमा नेपालले आफ्नो स्वतन्त्र धारणा राख्ने गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘हाम्रो परराष्ट्रनीतिले हामीलाई सबैसँग मित्रता कायम गर्न र कसैसँग पनि वैरभाव नराख्न निर्देशित गर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यही सिद्धान्तअनुसार हामीले अन्तराष्ट्रिय मुद्दाहरूमा आफ्नो स्वतन्त्र धारणा राख्ने गरेका छौँ ।’
नेपालको परराष्ट्र नीतिअनुरुप क्षेत्रीय सहकार्यलाई ठूलो महत्व दिने गरेको प्रधानमभन्त्री ओलीले बताएका छन । यसक्रममा उनले राष्ट्र संघमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को समेत प्रशंग उठाए ।
सम्वोधनमा प्रधानमन्त्रीले भने– ‘हालै मात्र हामीले चौधौँ बिमस्टेक सम्मेलनको आयोजना गर्याैं । हामी सार्कजस्तो महत्वपूर्ण क्षेत्रीय संगठनलाई पुनर्जीवित गर्न चाहन्छौँ ।’

No comments:
Post a Comment