Saturday, September 22, 2018

मृत घोषणा गरिएका’ बालक शव गृहमा जीवितै



सप्तरी, असोज ६
हिजो (शुक्रबार) अस्पतालले मृत घोषणा गरेका एक बालक जीवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा तनाव सिर्जना भएको छ । जिल्लाको रूपनी गाउँपालिका–६ का अशोक साहका २ वर्षीय छोरा आरभ साहलाई अस्पतालले मृत घोषित गरेकोमा उनी जीवितै भेटिएका हुन् ।

आरभलाई सर्पले टोकेपछि उनलाई शुक्रबार साँझ अस्पताल लगिएको थियो । तर, अस्पताल लैजानासाथ बालकलाई अस्पतालले नै मृत घोषित गरेको थियो । त्यसपछि बालकको शव शव गृहमा राखिएको थियो ।

त्यसपछि आज बिहान मृतक बालकका आफन्तले बालकको शव हेर्न पाउनुपर्ने माग गरे । तर, अस्पतालले शव हेर्न दिएन । त्यसपछि आफन्तले शंका गरेर आज दिउँसो करिब साढे १ बजेतिर अस्पतालको शव गृह तोडफोड गरेर बच्चा हेरे । तर, मृतक भनिएका बच्चा जीवितै भेटिए । त्यसछि अस्पताल तनावग्रस्त बनेको हो ।

मृतक भनिएका बालक जीवितै भेटिएपछि आफन्तले बालकलाई थप उपचारका लागि सिरहाको चोहरवास्थित सेनाको सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको छ । सो घटनापछि बालकका आफन्तले भने जीवित बालकलाई मृतक घोषित गर्ने डाक्टरलाई कडा कारबाही गर्नेुपर्ने माग गरेका छन् ।

उनीहरूले अस्पतालको आकस्मिक कक्ष तोडफोड गरेका छन् । अहिले अस्पतालमा ठूलो संख्यामा सर्वसाधारण भेला भएका छन् । उनीहरूले नाराबाजी गर्दै अस्पताल घेराउ गरिरहेका छन् ।

No comments:

Post a Comment