काठमाडौं–फिल्म ‘कथा काठमाडौं’को प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की सञ्चार माध्यममा खुल्न थालेकी छन्।संगीता श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेत्री प्रियंका र प्रमोद अग्रहरिका विभिन्न इन्टिमेट दृष्य समावेश गरिएको छ। यी कुरा सार्वजनिक गरिएको फिल्मको गीत र ट्रेलरबाट प्रस्ट हुन्छ।
तर,फिल्मको गीत र ट्रेलर सार्वजनिक पछि प्रियंका सञ्चार माध्यममा आउन चाहिनन्। उनले मिडियामा नआउनुको मुख्य कारण भने आफ्नै योजना रहेको बताइन्। उनले आइतबार सञ्चारकर्मीसँगको भेटमा भनिन्, ‘हाम्रो पूर्व योजना नै थियो, हामी तुरुन्तै नबोलौँ। किनकी तुरुन्तै त्यसमा प्रतिक्रिया दिने हो भने बलिरहेको आगोमा घ्यु थप्नु मात्र हो। व्यक्तिगत रुपमा आउने विभिन्न प्रतिक्रियाको खण्डन गर्न गाह्रो हुने हुनाले हामी उचित समयको पर्खाइमा थियौं।’ उनले वास्तविकता खोलिन्।
गीतमा आफूले गरेको अभिनय बजारमा नपच्ने भन्ने आशंका पहिल्यै रहेको बताइन्। ‘नेपाली फिल्म बजारमा हाम्रो प्रस्तुती नौलो छ। त्यसैले यो शीर्षक बजारमा नपच्ला भन्ने लागेको थियो। भयो पनि त्यस्तै। उनले भनिन्,‘ यसले गर्दा हाम्रो समाजको मनोविज्ञानलाई बुझेर मानसिक रुपमा नै यसको समाना गर्न भने म तयार थिएँ।’
No comments:
Post a Comment