Thursday, September 27, 2018

रिसाउँदै सञ्चारमन्त्रीले भनेः त्यसो भए भित्ताभरि नांगा-नांगा फोटो टाँस्ने ?

१२ असोज,काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अश्लील साइट बन्द गर्न निर्देशन दिँदा आफूविरुद्ध गम्भीर आलोचना भएको बताएका छन्। सरकार र समाजको मूल्यमान्यता अनरुप आफूले पोर्न साइट बन्द गर्न निर्देशन दिँएसँगै अालोचकलहरुले गलत व्याख्या गरी भ्रम फैलाएको उनले आरोप लगाए। आजको अन्नपूर्ण पोस्टले यो खबर छापेको छ।

बिहीबार काभ्रेको बनेपा महोत्सवको उद्घाटनका क्रममा मन्त्री बाँस्कोटाले भने, ‘पोर्न साइट बन्द गर्ने निर्देशन दिएसँगै कडा विरोध आयो, त्यसो भए अब नांगा नांगा तस्बिर कोठाको भित्तामा छ्याप्ती छ्याप्ती जताततै टाँस्दै हिँड्ने,’ उनले आक्रोश पोखे,‘त्यसो भए पोर्न फिल्म चलाउने हो त? समाज र राज्यको आफ्नै मूल्य मान्यता र दायित्व छ, त्यही पूरा गरेको हुँ।’

No comments:

Post a Comment