Saturday, September 22, 2018

साउदीमा मृत्यु दण्ड भोगीरहेका दिलबहादुर घर्तीले रु.६५ लाख तिरेर यसरी नेपाल आइपुगे…..भिडियो हेर्नुहोस

काठमाडौं –दुई वर्षदेखि साउदी अरबमा जेल सजाय भोगिरहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई ब्लडमनी तिरेर स्वदेश फर्काइएको छ ।दिलबहादुरले तिर्नपर्ने ब्लडमनी बपातको २ लाख २५ हजार रियाल अथवा झण्डै ६५ लाख रुपैयाँ रकम बुझाएपछि दिलबहादुर जेलमुक्त भएर शनिबार स्वदेश फर्किनुभएको हो । दिलबहादुरले चलाएको ट्रकमा कार ठोक्किँदा कार चलाइरहेका साउदी नागरिकको मृत्यु भएपछि उहाँ जेल पर्नुभएको थियो । अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाउँदै मृतकका परि वारलाई २ लाख २५ हजार रियाल अथवा झण्डै ६५ लाख रुपैयाँ ब्लडमनी दिनुपर्ने फैसला गरेको थियो ।

दिलबहादुरले तिर्नपर्ने ब्लडमनी बापतको रकम जुटाउन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको पहलमा अभियान चलाइएको थियो । अभियानबाट आवश्यकता भन्दा झण्डै एक करोड रुपैयाँ धेरै रकम उठेको दिपेश पुनले बताउनुभएको छ ।‘तीन महिना अघि सुरु गरेको अभियानबाट आवश्यकता भन्दा पनि बढी रकम उठेको छ, दिलबहादुरलाई चाहिने रकम परराष्ट्र मन्त्रालय मार्फत पठाएर उहाँलाई फर्काएका हौं, दिपेश पुनले फेसबुक लाइभ मार्फत भन्नुभएको छ ।

No comments:

Post a Comment