Sunday, September 23, 2018

जापानी सुसी, सुन्दरीको नग्न शरीरमा सर्भ गर्ने अनौठो चलन

अहिले सुसी खान, जापान पुग्नुपर्दैन । तोमयाम सुप पिउन थाइल्यान्ड धाउनु पर्दैन । बेइजिङ डगको स्वाद लिन चीनको यात्रा गरिरहनुपर्दैन । विश्वभरको मेनु अहिले यही उपलब्ध छ । विश्वमा पाक्ने थरीथरीका खान्की हामीकहाँ पनि खान पाइन्छ ।

आजको चर्चा चाहि, सुसीको हो । तपाईं/हामीलाई थाहा नै छ, यो जापानको खास परिकार हो । र, अहिले विश्वकै मेनुमा यो खान्की समेट्न थालिएको छ ।भिनेगर अर्थात अम्लिय चामलमा अन्य खानेकुरा जस्तो कि, समुन्द्री परिकार, सब्जी, मासु, फलफूल मिसाइएको हुन्छ ।

सुसी र जापानको चर्चा गर्दा अर्को कुरा पनि जोडिएर आउँछ । यसलाई सर्भ गर्ने अनौठो काइदा । जापानका कतिपय रेष्टुरेन्टले सुसीलाई सुन्दरीको नग्न शरीरमा सर्भ गरिएको पाइन्छ । यो आफैमा रोचक काइदा हो ।

त्यसो त रेष्टुरेन्ट संचालको लागि आवश्यक फन्डा पनि होला यो । यस्तो प्रयोग विश्वभरकै रेष्टुरेन्टले गर्ने गर्छन् । ग्राहकलाई आकषिर्त गर्नका लागि खाना तयार र सर्भर्मा विभिन्न प्रयोग गरिन्छ । त्यसैको एउटा प्रयोग हो जापानिज ‘सुसी’ । सुन्दरीको नाङ्गो शरीरमा सुसी सर्भ गरिने प्रचलनले अहिले विश्वव्यापी रुप लिदैछ ।

No comments:

Post a Comment