काठमाण्डु, ८ असोज – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले बुहचर्चित साढे ३३ केजी सुन तस्करी प्रकरणबारे प्रश्न गरेका छन् ।सोमबार राजधानीमा आयोजित कार्यक्रमा उनले भने, ‘३३ किलो सुन तस्करी प्रकरण कहाँ पुग्यो ? के भैरहेको छ ? त्यो कहाँ छ ? तर लहरो तान्दा पहरो गर्जिन्छ भनेर हाम्रो गाउँघरतिर भन्थे । अब त्यस्तै स्थिति छ । अब रिपोर्ट पनि कता गयो थाहा छैन ।’
सुनकाण्डका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेती नै पक्राउ परेपछि पनि बास्तविकता बाहिर आउन नसक्नु रहस्यमय भएको बताए ।‘अब कुन दिन न रहे बास, न बजे बाँसुरी भनेर त्यो गोरे नै समाप्त हुन बेर छैन ।’ उनले भने ।
No comments:
Post a Comment