
संयुक्त राष्ट्र संघको ७३ औं महासभाका लागि अमेरिका पुगेका प्रधानमन्त्री केपी ओलीले क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोसंग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री केपी ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो विच भएको भेटमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी दिए ।
प्रधानमन्त्रीद्वय ओली जस्टीन ट्रुडो विच दुवै देशमा उच्चस्तरीय भ्रमण आदान-प्रदानमा गर्ने कुरामा समेत दुबै प्रधानमन्त्रीबीच सहमती समेत भएको छ ।
भेटपछि क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले ट्वीटमा लेखेका छन् क्यानाडा र नेपालको सम्बन्ध निकै पुरानो हो आज बिहान, मैले हाम्रो देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन र लोकतान्त्रिक, राम्रो प्रशासन, आर्थिक वृद्धि, समावेश र समानताबारे कुरा गर्नका लागि प्रधानमन्त्री खड्का प्रसाद शर्मा ओलीसँग भेटें भन्दै उनले लेखेका छन ।
No comments:
Post a Comment