Sunday, September 23, 2018

पाठेघरको पीडाः महिलालाई सताउने रोग र त्यसको उपचार

विश्वकै तथ्यांक हेरौं, महिलालाई सताउने ठूलो समस्या हो पाठेघरको क्यान्सर । पाठेघरको क्यान्सरको कारण थुप्रै महिलाले ज्यान गुमाइरहेका छन् ।

पाठेघर, जो सृष्टिको उद्गम विन्दु पनि हो । त्यही भ्रुण हुर्कन्छ । दुखलाग्दो चाहि के भने, त्यही पाठेघरले महिलाहरुलाई जीवनभर पीडा दिन्छ । थुप्रै महिला अहिले पाठेघरको समस्याबाट ग्रसित छन् । उनीहरु कुनै न कुनै किसिमको रोग पालेर बसिरहेका छन् ।थाहा भएकै कुरा हो, पाठेघर आफैमा संवेदनसिल अंग हो । त्यही कारण पनि यसको सुरक्षा एवं स्वस्थ्यमा बढी सचेत हुनुपर्छ । तर, नचाहेरै पाठेघर रोगको घर बन्न पुग्छ ।

सबैभन्दा बढी महिलालाई पाठेघरको संक्रमणले सताउने गर्छ । यो एक प्रकारको संक्रमण हो । समयमै निको नभए यसले क्यान्सरको रुप समेत लिन सक्छ ।के हो पाठेघरको काम ?

प्रजननको लागि पाठेघर निकै महत्वपूर्ण अंग हो । पाठेघरविना सन्तान उत्पादन गर्न सम्भव छैन । यद्यपी सन्तान उत्पादनको लागि पाठेघर मात्र जिम्मेवार छैन । अण्डाशय, शुक्रकिट, पाठेघरको समान भूमिका रहन्छ ।

महिनावारी हुनुमा पनि पाठेघरको अहम भूमिका हुन्छ । तर, पाठेघर नभए पनि महिला हुन चाही सक्छ । तर, अण्डाशय भएन भने महिला हुन असम्भव छैन । जन्मदा सामान्य हुने पाठेघर बढ्दो उमेरसँगै विकशित हुँदै जान्छ ।

No comments:

Post a Comment