Sunday, September 23, 2018

मोडरिकले स्वीकारे ८ महिने निलम्बित जेल

काठमाडौं । रियल मड्रिडका मिडफिल्डर लुका मोडरिकले ८ महिने निलम्बित जेल र ८ लाख ७० हजार युरो जरिवाना स्वीकारेका छन् ।

क्रोएसियाका मोडरिकमाथि कर छलीको अभियोग छ । स्पेनिस अभियोजनकर्ता र मोडरिकबीच ८ महिने जेल र ८ लाख ७० हजार युरो जरिवानामा सहमति जुटेको छ ।मोडरिक जेल भने जानु पर्ने छैन किनकि स्पेनिस कानुन अनुसार २ वर्षभन्दा कम सजायमा जेल जानु पर्दैन ।

कर छलीमा लिओनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, प्रशिक्ष्क जोसे माउरिन्होलगायत पनि दोषी ठहर भएका छन् र उनीहरुलाई पनि निलम्बित जेल र जरिवाना तोकिएको छ ।

No comments:

Post a Comment