
भक्तपुर — काठमाडौंबाट काभ्रेतर्फ जाँदै गएको यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा ९ ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो।
बसको ठक्करबाट सख्त घाइते मोटरसाइकल चालक काभ्रे पनौती नगरपालिका–९ का ३५ वर्षीय सुर्दशन तिमल्सिना र मोटरसाइकलमा सवार चितवन घरभई मध्यपुर थिमि गठ्ठाघर बस्ने १८ वर्षीया एलिसा अधिकारीको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको शव भक्तपुर अस्पतालमा राखिएको छ ।
प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
No comments:
Post a Comment