८ असोज, काठमाडौं । बूढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयप्रति नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।यसअघि विकास समितिमार्फत् बूढीगण्डकी निर्माण गर्ने अवधारणा अघि सारेका भट्टराईले चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सरकारले गरेसँगै त्यसप्रति आपत्ति जनाएका हुन् ।बूढीगण्डकीजस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकारपिच्छे फरक निर्णय गरेर लात्ती हान्ने भकुण्डो बनाएको भट्टराईको टिप्पणी छ ।‘बूढीगण्डकी जस्तो दीर्घकालीन महत्त्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ’, बूढीगण्डकी आयोजना निर्माण क्षेत्रका जनप्रतिनिधिसमेत रहेका भट्टराईले सोमबार ट्वीट गरेका छन् ।
देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन नसक्ने भन्दै उनले विकास समितिमार्फत् नेपाल सरकारले नै बनाउनुपर्ने दोहोर्याएका छन् ।
‘देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको हो’, भट्टराईले सरकारले गेजुवालाई दिने भनेर गरेको निर्णय गलत भएको दाबी गर्दै भनेका छन् ।
No comments:
Post a Comment