तिलोत्तमा, ८ असोज । रुपन्देहीको तिलोत्तमा सर्पको टोकाईबाट एकै घरका दिदि भाईको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा ६ गणेशपुरका सुस्मिता सुबेदी र सौगात सुबेदी रहेका छन ।
राति घरमै सुतिरहेको अवस्थामा उनिहरुलाई सर्पले टोकेको थियो । दुबैजनालाई हिजो बिहान गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो ।
मृतक दिदिभाई शान्ति नमुना मा.विमा अध्यनरत बिद्यार्थी हुन । सुस्मिता कक्षा ४ र सौगात कक्षा १ मा अध्यनरत बिद्यार्थी रहेको बिद्यालयका शिक्षक कृष्ण के.सीले जानकारी दिनुभयो । दुबै सन्तानको निधनपछि परिवारमा गहिरो शोक परेको छ ।
No comments:
Post a Comment