Sunday, September 23, 2018

निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुहुन्न : रिजाल

७ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिन नसकिने बताएको छ ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै मिति घोषणा गर्ने कानुनी व्यवस्था उचित रहेको बताए ।आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर, मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दाबी गरे ।

निर्वाचन आयोगले भने निर्वाचनको मिति घोषणा गर्न पाउनुपर्ने माग गर्दै आएको छ । नेता रिजालले भने निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरुको बढी हुने भएकाले थप बहस आवश्यक नभएको दावी गरे ।

No comments:

Post a Comment