
हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझै पनि जिवितै छ । विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा पनि सुचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतमा सपनापनि एक माध्यम हो । केही संकेट यस्ता हुनछन् जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताइदिन्छन् । र, त्यस्ता संकेतलाई सम्झनु आवश्यक हुन्छन् ।
के छन् त त्यस्ता संकेत ? हेरौँ,
१. दिपावलीको दिन यदी कोही सुन्दरी साजज्जाका साथ देखिइन् भने तपाइँलाई पनि धन प्राप्त हुने संकेत मिल्नसक्छ ।
२. शरीरको दाहिने भागमा अथवा दाहिने हत्केलामा लगातार चिलायो भने छिटै धनलाभ हुँदै छ भन्ने बुझ्नुपर्छ ।
३. विहिबारका दिन पहेँलो लुगा लगाएकी कन्या देखिए त्यो धन प्राप्त हुने कुराको संकेत हो ।
४. सपनामा लेनदेनका क्रममा पैसा हातबाट खस्यो भने धनलाभ हुँदै छ भन्ने संकेत पाइन्छ ।
५. कसैले सपनामा आफूमाथि कानुनी मुद्दा चलाइएको र त्यसमा आफूले निर्दोष भएर सफाइ पाएको देख्यो भने सम्झनुपर्छ, उसलाई अतुल धनसम्पत्ति प्राप्त हुँदै छ ।
६. सपनामा मुँगा, मोती हार, मुकुट आदि देखियो भने घरमा लक्ष्मीको स्थायी निवास हुँदै छ भन्ने बुभmनुपर्छ ।
७. सपनामा कुमालेले भाँडा बनाइरहेको देखियो भने अपार धनलाभ हुन्छ ।
८. सपनामा आफूलाई तालुखुइले देखियो भने पनि अतुल धनप्राप्ति हुन्छ ।
८. बिहान उठ्नासाथ कुनै भिखारी माग्न आयो भने आफूले उधारो दिएको पैसा नमागिकनै छिटै प्राप्त हुँदै छ भन्ने बुभmनुपर्छ ।
९. धनसम्बन्धी कामका लागि कतै जान कपडा लगाउने क्रममा खल्तीबाट पैसा झर्यो भने त्यो धनप्राप्तिको संकेत हो ।
१०. सपनामा आफूले कसैलाई पैसा उधारो दिएको देखियो भने अत्यधिक धनप्राप्ति हुँदै छ भनेर बुझ्नुपर्छ ।
११. कतै जाँदा न्याउरी मुसाले बाटो काट्यो अथवा न्याउरी मुसो देखियो भने त्यो शुभ संकेत हुन्छ ।
१२. बिहान उठ्नेबित्तिकै न्याउरी मुसो देखियो भने त्यो गुप्त धन मिल्ने सम्भावनाको संकेत हो ।
१३. सपनामा पाकेको सुन्तला देखियो भने चाँडै नै अपार धन प्राप्त हुनेछ ।
१४. शुक्रबारका दिन कैली गाई देखियो भने कहीँ कतैबाट अचानक पैसा प्राप्त हुँदै छ भन्ने बुभmनुपर्छ ।
१५. आफूले फल खाइरहेको सपना देखियो भने पनि धनलाभ हुन्छ ।
१६. कुकुरले अचानक जमिनमा टाउको दल्यो र बारम्बार त्यसो गरिरह्यो भने त्यो ठाउँमा गाडिएको धन हुनसक्छ ।
१७. सपनामा आफूले पिसाब, वीर्य, दिसा वा उल्टी सेवन गरेको देखियो भने पक्कै पनि महाधनी भइन्छ ।
१८. सपनामा ऊँट देखियो भने अपार धनलाभ हुन्छ ।
१९. सपनामा खेतमा पाकेको गहुँ देखियो भने पनि छिटै नै धनी भइन्छ ।
२०. सपनामा दाहिने हातमा निख्खर सेतो सर्पले डस्यो भने त्यो व्यक्ति अपार धनसम्पत्तिको मालिक बन्छ ।World news
No comments:
Post a Comment