११ असोज, मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो १० वैशाखमा पक्राउ परेका निरौलालाई ८ जेठमा जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका निरौलाको १९ पटक पेसी सरेपछि बिहीबार बहस भएको थियो ।
बहसमा सरकारी वकिलको तर्फबाट सहन्यायधिवक्ता चिरन्जीबी पराजुली र जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता रमेश कोइराला, भानुभक्त निरौला र बिकास थापाले बहस गरेका थिए ।
No comments:
Post a Comment