Sunday, September 23, 2018

इन्टरपोलको नोटिसमा १४ नेपाली (सूचीसहित)

८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी), काठमाडौंले चार महिनाको अवधिमा १३ जनाविरुद्ध रेड रोटिस जारी गरेको छ । यो अवधिमा ११ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।

विभिन्न किसिमका जघन्य एवं संगठित अपराधमा संलग्न भई विदेशमा रहेका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमा नोटिस जारी गर्छ । हालसम्म जारी गरिएका नोटिसमध्ये २९ वटा रेड र २४ वटा डिफ्युजन छन् ।पछिल्लो समय जारी भएका रेड नोटिसमा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति सबैभन्दा बढी छन् ।

संगठिन सुन तस्करी, अपहरण र हत्यामा संलग्न भएको आरोपमा रमेश उप्रेती, बेनु श्रेष्ठ, मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल, हरिशरण खड्का र मोहमद उस्ताम मियाँविरुद्ध नेट नोटिस जारी भएको हो ।

उनीहरु मध्ये उप्रेती प्रकरणका मुख्य अभियुक्त चूडामणि ‘गोरे’ का भाइ हुन् । त्यस्तै, अग्रवाल मुख्य लगानीकर्ता हुन् । उनीहरुसहित सरकारी छाप तथा हस्ताक्षर कीर्ते गरेको आरोपमा सलबहादुर गुरुङविरुद्ध रेड नोटिस जारी भएको छ

No comments:

Post a Comment