Monday, September 24, 2018

तेजाब आक्रमणबाट घाइते सम्झना दासको मृत्यु



असोज, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।

No comments:

Post a Comment