Thursday, September 27, 2018

यी दुई ग्रहमा हिरा वर्षन्छ: वैज्ञानिकले गरे यस्तो खुलाशा

एजेन्सी । सायद पृथ्वी अमूल्य भनौँ बहुमुल्य रत्न हिरा यहि ब्रह्माण्डकै कुनै स्थानमा वर्षा नै हुन्छ भन्दा कसैलाई अचम्म लाग्ला कसैलाई विस्वासै पन नलाग्न सक्छ। तर, एकदमै सत्य कुरा हो।एक अन्तराष्ट्रिय समाचार एजेन्सीको रिपोर्टका अनुसार यस कुरालाई वैज्ञानिकहरुले पनि पुष्टि गरेको बताईएको छ । उक्त रिपोर्टमा भनिएको छ, वैज्ञानिकहरुका अनुसार शनि र बृहस्पति यी दुई यस्ता ग्रह हुन् जहाँ हिराको वर्षा नै हुन्छ । रिपोर्टका अनुसार एस्ट्रोनोमिकल सोसाइटीको वार्षिक वैठकमा वैज्ञानिकहरुले त्यस्तो खुलासा गरेका उल्लेख गरिएको छ । वैज्ञानिकहरुले भनेका छन् की, ती ग्रहहरुमा विजुली चम्कने, गर्जन र तूफानले ओलावृष्टी मिथेनलाई कार्बोनमा बदल्छ, जुन झरेर भू-सतहमा ठोकिएपछि ठोस भएर ग्रेफाइटको रुपमा परिणत हुन्छ । त्यसैकारण यहाँ बहुमुल्य रत्न र हिराको वर्षात हुन्छ। वैज्ञानिकले दावा गरे अनुसार यहाँ प्रसस्तै मात्रामा हिरा पाइन्छ।

No comments:

Post a Comment