दोलखा – दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर –८, भैसेको जंगलमा मृत अवस्थामा फेला परेका बालकको हत्या आरोपमा दोलखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको परिचय प्रहरीले खुलाएको छैन् । भदौ २७ गतेबाट भैसे बजारमा जान भनेर हिँडेका १० वर्षीया बालक कुशल विकको हत्या आरोपमा मृतकको आफन्त पर्ने एक जना पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।
शैलुङ्गेश्वरका रमेश विश्वकर्मा र मैया विश्वकर्माको कान्छो छोरा कुशलको शव हराएको १५ दिन पछि बुधबार साढे ३ बजे जङ्गलमा आधा शरीर पुरिएको र क्षतविक्षत अवस्थामा स्थानीयले देखेका थिए ।शव पोष्टमार्टमका लागि चरिकोटस्थित शवगृहमा राखिएको छ । बालक हराएसँगै आफन्तले प्रहरीकोमा खोजी गरिदिन आग्रह गरेको थियो ।दोलखा – दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर –८, भैसेको जंगलमा मृत अवस्थामा फेला परेका बालकको हत्या आरोपमा दोलखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको परिचय प्रहरीले खुलाएको छैन् । भदौ २७ गतेबाट भैसे बजारमा जान भनेर हिँडेका १० वर्षीया बालक कुशल विकको हत्या आरोपमा मृतकको आफन्त पर्ने एक जना पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।
शैलुङ्गेश्वरका रमेश विश्वकर्मा र मैया विश्वकर्माको कान्छो छोरा कुशलको शव हराएको १५ दिन पछि बुधबार साढे ३ बजे जङ्गलमा आधा शरीर पुरिएको र क्षतविक्षत अवस्थामा स्थानीयले देखेका थिए ।शव पोष्टमार्टमका लागि चरिकोटस्थित शवगृहमा राखिएको छ । बालक हराएसँगै आफन्तले प्रहरीकोमा खोजी गरिदिन आग्रह गरेको थियो ।
No comments:
Post a Comment