सिन्धुली – सिन्धुली जिल्लाको दुधौली नगरपालिका २ हत्पते भलुवाहीमा सामाग्री वितरण केन्द्र नामक डढेल्धुराको संस्थाले युवा र युवतीहरूलाई फसाउन खोजेपछि तनावग्रस्त बनेको छ ।रोजगारीको लागि नेतृत्व विकास तालिम दिने नाममा एक संस्थाले युवा र युवतीलाई फसाउन लागेको भन्दै स्थानीयले विरोध गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।
शैक्षिक सामाग्री बितरण केन्द्र नामक संस्थाले कर्मचारीको आव्हन गरेर जंगलमा महिलाहरूलाई नेतृत्व विकास तालिम दिने गरेको थियो । स्थानीयले जंगलमा युवा र युवतीलाई तालिम दिँदै गरेको फेला पारेपछि विरोध गरेका थिए । त्यसपछि तनाव सिर्जना भएको हो ।
स्थानीयले बिहीवार सिन्धुली, उदयपुर, डडेलधुरा लगायतका २५ जना महिलाहरूलार्इ नेतृत्व विकास तालिम दिने भन्दै दुधौली २ भलुवाहीको रतनपुर जंगलमा तालिम दिँदै गरेको अवस्थामा तालिमको आयोजना गर्ने केन्द्रका बैकुण्ठ शाहलाई समातेर प्रहरी चौकी हत्पतेलाई बुझाएका थिए ।
उक्त घटनापछि महिलाहरूलाई सामान्य खर्च दिएर घर पठाउन लागेको तथा प्रहरीले घटनालाई लुकाउन खोजेको भन्दै स्थानीयले विरोध जनाएका थिए ।
शुक्रबार दिउँसो र्इलाका प्रहरी कार्यालय डकाहबाट प्रहरी बोलाएर जिम्मा लगाउने क्रममा प्रहरी र स्थानीयबीच सामान्य झडप समेत भएको छ ।
अहिले स्थानीयहरूले घटना लुकाउन खोज्ने प्रहरी चौकी हत्पतेका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक नवलकिशोर यादवको सरुवाको माग गरेर विरोध प्रदर्शन भएको थियो ।
रोजगारीको नाममा फसेका महिलाहरूले आ–आफ्नो घर फर्किन १ लाख ७६ हजारको क्षतिपूर्ति रकम माग गरेका छन् । शैक्षिक सामाग्री बितरण केन्द्रको वैधानिकता खोजी गर्न वैधानिक कागजपत्र नभेटिएको र केन्द्रले प्रयोग गर्दै आएको पान नम्वर दिनेश कार्कीको नाममा रहेको पुस्तक पसल भएको खुल्न आएको खुलेको छ ।
प्रहरी चौकी भलुवाहीका सहायक निरीक्षक यादवले घटनाको थप अनुसन्धानको लागि स्थानीयले नियन्त्रणमा लिई चौकीमा बुझाएका शाहलाई इलाका प्रहरी कार्यालय डकाहमा पठाइएको छ ।
No comments:
Post a Comment