
कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका (निर्मला पन्त) को बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलाग्दै फेरी अर्को बलात्कारको घटना भएको रहस्य बाहिर आएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ६ वर्षीया बालिका बिहीबार विद्यालयमै बलात्कृत भएको परिवारले थाहा पाए लगत्तै प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो । स्थानीय प्रहरीका अनुसार कालिका मावि कक्षा २ मा अध्ययनरत बालिका विद्यालयको टिफिन समयमा बलात्कृत भएको बताइएको छ । कक्षा कोठामै बलात्कार भएको पीडित बालिकाको परिवारले बताए ।
बालिकाकी आमाले छोरी बलात्कृत भएको दिन निकै थकित देखिएको र घरपुगे लगत्तै निदाइहालेको र पछि उठेपछि आमालाई बोलाएर हेदर्ला संवेदनशिल अंगबाट रगत बगीरहेको थियो । आमाले भनिन्,‘छोरीले पोल्यो भन्न थालेपछि छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि सोधेँ ।’ साथीको दाईले लडाएर बलात्कार गरेको छोरीले बताइन् । आमाले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० वर्षीय बालकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । बालिकालाई साँझ करिब ६ बजे महाकाली अञ्चल अस्पतालमा स्वाथ्य परिक्षण गर्नका लागी लगीएको छ ।
साभार: Osnepal
No comments:
Post a Comment