Sunday, September 23, 2018

सगरमाथा आरोहीको कथा गीतमा, भिडियोमा जाङ्गबु र पुरुषोत्तम पनि



काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जानेहरु सफल हुन्छन् कि हुँदैनन् निश्चित छैन । ज्यान जोखिममा राखेर सगरमाथा चढ्नेहरुको उत्साह र पीडालाई शब्द चित्रमा समेटेर म्युजिक भिडियो बनाइएको छ ।

पुरुषोत्तम सानुले लेखेको गीतमा राजेश पायल राईको स्वर छ । संगीत राजु सिंहको छ ।‘फर्की आउने हो कि होइन’ बोलको गीतको म्युजिक भिडियोमा १५ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका जाङ्गबु शेर्पा देखिएका छन् । उनी सगरमाथा चढ्न जाँदा घरबाट विदा भएकोदेखि सफल आरोहण गरेकोसम्मका दृष्य म्युजिक भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

No comments:

Post a Comment