Thursday, September 27, 2018

पहिले आफ्नो लागि खेलेँ, यसपाली टिमका लागि खेल्छुः कर्ण लिम्बु



काठमाडौं । मोफसलको चर्चित फुटबल क्लब झापा एघार ए डिभिजनमा छैन । तर, प्रमुख स्ट्राइकर कर्ण लिम्बु शहिद स्मारक ए डिभिजन लिग खेल्दैछन् ।

कर्ण घरेलु फुटबलका स्टार खेलाडी हुन् । झापा एघारलाई यो स्थानसम्म परिचित गराउन कर्णको योगदान छ । उनकै प्रेरणामा क्लबले घरेलु लिगमा थुप्रै सनसनीपूर्ण नतिजा निकालेको छ ।तीनै कर्ण ए डिभिजन लिगका लागि हिमालयन शेर्पा क्लबमा आवद्ध भएका छन् । २०७० को लिगमा मछिन्द्रबाट खेलेका उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता थिए ।

फेरि एकपटक आफूलाई प्रमाणित गर्न आतुर छन् उनी । कर्णसँग गरिएको संक्षिप्त कुराकानीः

हिमालयन शेर्पा क्लबमा कसरी गाँसिनुभयो ?

धेरै क्लबबाट अफर आएका थिए । मछिन्द्रले पनि मलाई निकै पछ्याएको हो । हिमालयन शेर्पामा चाहिँ नजिकका भाइहरू भएकाले प्राथमिकतामा पर्‍यो ।

क्लब छान्दा पैसा मात्र हेर हुँदैन, टिम पनि हेर्नुपर्छ । जुनसुकै टिममा घुलमिल हुन सजिलो हुँदैन । हिमालयन शेर्पा राम्रो क्लब पनि हो । मलाई पहिलेदेखि नै यो क्लबबाट खेल्न मन लागिरहेको थियो तर, पनि कारणबस मिलिरहेको थिएन । यो पटक चाहिँ इच्छासँगै अवसर पनि मिल्यो ।

हिमालयन शेर्पालाई बाहिरबाट हेर्दा र क्याम्पमा जोडिएपछि कतिको फरक पाउनुभयो ?

म आएको धेरै भएको छैन । सबै कुरा राम्र्रो छ । हामीलाई अहिले खडि्कएको मैदान मात्रै हो । अभ्यास गर्न मैदानको अभाव भए पनि हामीले मैत्रीपूर्ण खेल खेलिरहेका छौं ।
सबै जना चिनैकै भाइहरू छन् । । प्रशिक्षक पनि चिनेकै हुनुहुन्छ । त्यसैले यहाँ घुलमिल हुन खासै समय लागेन ।

No comments:

Post a Comment