
७ असोज, पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा उम्मेद्वार बनेका अधिकारी कांग्रेसको समर्थनमा उम्मेद्वार बनेका रबिन्द्रबहादुर प्रजूलाई ७ मतको झिनो अन्तरले पराजित गर्दै बिजयी भएका हुन् ।
अधिकारीले १ हजार ४ सय ७८ मत प्राप्त गरे भने पराजित प्रजूले १ हजार ४ सय ७१ मत प्राप्त गरे । पराजित प्रजू पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसमेत हुन् । लोकतान्त्रिक पक्षधरको बाहुल्यता रहेको संघमा प्रजू पराजित हुँदा कांग्रेसलाई नराम्रो झट्का लागेको छ । उद्योगी, व्यवसायीको चुनाव भएपनि कांग्रेस र नेकपाले प्रतिष्ठाको बिषय बनाएका थिए ।
No comments:
Post a Comment