Sunday, September 23, 2018

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै पेरिसमा प्रदर्शन

८ असोज, पेरिस । निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुर्इ महिना बितिसक्दा पनि दोषी पत्ता नलगाएको भन्दै पेरिसमा रहेका नेपालीहरुले प्रदर्शन गरेका छन् ।

ठूलो झरी र हावाहुरीका बीच नेपालीहरुले पेरिसको जोरेस पार्कमा विरोध प्रदर्शन गरेका हुन् ।एक मिनेट निर्मलाका नामामा मौन धारण गरेका नेपालीहरुले निर्मलाको आत्मा शान्तिको कामना गर्दै शान्तिको प्रतीक बनाएर मैनबत्ती बालेका थिए ।

निर्मालका तस्वीरसहित प्रदर्शनमा उत्रेका नेपालीहरुले अंग्रेजी, नेपाली तथा फ्रान्सेली भाषामा महिला हिंसाविरुद्काद्ध विभिन्न सन्देश लेखिएका प्ले कार्डहरु बोकेका थिए ।कार्यक्रममा निर्मल अर्याल, शोभा गजुरेल, अनुराधा पौडेल, डोमा, कलावती विश्वकर्मालगायतका सहभागीहरुले महिला हिंसाविरुद्ध लेखिएका आफ्ना र अन्य स्रष्टाका विविध कविता र गीत वचन गरेका थिए ।

कार्यक्रममा बोल्दै कविन्द्र कायस्थले नेपाल प्रहरीको भूमिका शंकास्पद रहेको र शुरुवातदेखि नै अनुसन्धान फितलो देखिएकाले प्रहरीको भूमिकामा प्रश्नहरु उठेको बताए ।तप्त भन्डारीले बलात्कार, हिंसा र दुर्व्यवहारविरुद्ध भइरहेका स्वतस्फुर्त विरोधलाई केही मानिसहरुले आफ्नो पार्टी र सरकारको विरोधको रुपमा बुझेको भन्दै दुःख व्यक्त गरे ।

रविन शर्मा ओलीले नेपालको प्रहरी प्रशासनले विश्वास गुमाएको र चेन अफ कमान्डलाई कमजोर बनाइएकोमा चिन्ता गरे ।

No comments:

Post a Comment