Monday, September 24, 2018

सलमान खानले दिए बहिनीलाई साढे २५ करोडको घर

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानले आफ्नी बहिनी अलवीरालाई १६ करोड भारुको एक लग्जीरियस पेन्टहाउस उपहार दिएका छन्। उक्त पेन्ट हाउसको नेपाली मूल्य २५ करोड ६० लाख रुपैयाँ पर्छ।

यस अघि सलमानले कान्छी बहिनी अर्पितालाई ३ बीएचको फ्ल्याट गिफ्ट थिएका थिए। जसको मूल्य ४ करोड रुपैयाँ भारु थियो। यसअघि सलमान खानले आफ्नो चलचित्रमा काम गरेका ५ कलाकारलाई एक एक करोड पर्ने कार उपहार दिएर पनि चर्चामा आएका थिए।

सलमान खान यतिबेला बिग बोस १२ को होस्ट गरिरहेका छन् भने यससँगै सलमान आफ्नै चलचित्र भारतको शुटिङ्मा पनि व्यस्त छन्।

No comments:

Post a Comment