काठमाडौँ । पछिल्लो समय भ्वाइस अफ नेपाल नामक रियालिटी शोको कोचको रुपमा चर्चा कमाएका चर्चित गायक प्रमोद खरेल दक्षिण कोरिया हानिएका छन् । चलचित्र, सुगम संगीत, पाश्व गायन, तथा आधुगीतमा औधी ब्यस्त बनिरहेका बेला भ्वाइस अफ नेपालमा जोडीएका कोच प्रमोद एक्लै नभई ठमेल बजार बोलको चर्चित गीतकी गायिका मिना निरौला, पहिला नेपाल आइडलमा टप टेनमा पर्न सफल सुन्दरी गायिका सध्या जोशी, भूमिका गिरी, लगायतका कलाकारहरुसँग दक्षिण कोरिया हानिएका हुन् ।
कोरियाका विभिन्न स्थानमा हुने दुईवटा कार्यक्रममा प्रमोदले सहभागीता जनाउने छन् भने अन्य कलाकारहरुले भने एउटा मात्र कार्यक्रममा सहभागीता जनाउने छन् । प्रमोद पछिल्लो समय स्वदेशमा भन्दा विदेशका कार्यक्रमहरुमा ब्यस्त बन्ने गायकको शीर्ष सूचिमा पर्छन् । थप भिडियोबाट
No comments:
Post a Comment