नायिका प्रियंका कार्कीले निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले चलचित्र ‘वडा नम्बर ६’ पछि आफ्नो ब्यानरमा भित्राएका हुन् । चलेकी नायिका कार्कीलाई यो ब्यानर फाप्यो पनि । ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’मा उनी दिपककी प्रेमिका र श्रीमतिको भूमिकामा देखिइन् । तर, ‘छक्का पन्जा २’मा आउँदा उनी दिपककी प्रेमिकाबाट नायिका स्वस्तिमा खड्काकी आमा बनिन् । प्रियंकाको खस्कदो क्रेज, अनावश्यक स्क्यान्डलले चलचित्रलाई प्रभाव नपारोस् भन्ने निर्माणपक्षको वुझाई थियो ।तर, चलचित्र ‘छक्का पन्जा ३’सम्म आइपुग्दा त प्रियंका ट्रेलरबाटै गायब छिन् । बरु, उनको स्थानमा नायिका दीपिका प्रसाई आइपुगेकी छिन् । दीपिकाले ट्रेलरभरी आफूलाई हाबी बनाउँदा प्रियंकालाई एउटा दृश्यमा राख्न पनि यसको निर्माणपक्षले आवश्यक ठानेन । यसको मत्तलब, प्रियंका क्रेज अब चम्कदैन भन्ने वुझाई हुनसक्छ । वा प्रियंकाको भूमिका चलचित्रमा खासै नभएकाले पनि उनलाई स्थान नदिइएको होला ।तर, प्रियंकाले जथाभावी चलचित्र खेल्दा, एउटा गीतमा मात्र भएपनि नाच्न तयार हुँदा, आफ्नो स्टारडम मेन्टेन गर्न नसक्दा उनलाई गाह्रो पर्न थालेको छ । यसैले त उनी पहिले हिरोइन, अनी आमा हुँदै अहिले ट्रेलरमै नअटाउने भैसकेकी छिन् ।
No comments:
Post a Comment