Thursday, September 27, 2018

पैसाको लागि डाक्टरले नै मानिसलाई रोगी बनाइरहेका छन : डा. मनबहादुर



हाम्रो मुटु कुनै स्वचालित यन्त्र झैं हरक्षण चलीरहेको हुन्छ, जसलाई हामी ढुकढुकी या धड्कन भन्छौं । मुटुको यही सन्तुलित चालकै कारण शरीरका हरेक कोषसम्म रगतसँगै अक्सिजन र ग्लुकोज प्रवाह हुन्छ र हाम्रो जीवन चल्छ ।

कहिलेकाँही मुटुको यही चालमा गडबडी उत्पन्न हुन्छ । मुटुको चालमा गडबडी भएमा राम्रोसँग विद्युतीय तरंग उत्पादन गर्न सक्दैन, जसले गर्दा मुटु छिटो चल्छ या कहिलेकाँही ढिलो चल्छ । मुटुको चालमा असन्तुलन आएपछि हामीलाई मुटु रोग लाग्न थाल्छ र शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन थाल्छन् ।

मुटुको चालमा समस्या आएको कसरी थाहा पाउने त ? यो प्रश्नको हल छ, शहीद गंगालाल हृदय रोग केन्द्रमा । त्यहाँ डा. मनबहादुर केसी नेतृत्वको टिमले तपाईंको मुटुको चाल सामान्य/असामान्य के छ ठयाक्कै पत्ता लगाउने छन् । र, नेपालमा मुटुको चाल गडबडीसम्बन्धी उपचारको सुरुवात गर्ने पहिलो चिकित्सक पनि पनि डा. मनबहादुर नै हुन् ।

नेपालमा मुटुको चाल गडबडीबारे यकिन तथ्यांक छैन । यद्यपि, गंगालालमा दैनिक ७५ देखि ८० जना विरामीको मुटुको चालमा गडबडी सम्बन्धी उपचार गरिन्छ । यो समस्यालाई ‘इलेक्ट्रोफिजियोलोजी’ भनिन्छ । मुटु रोगमध्येको प्रमुख रोग भइकन पनि यो पूर्णतया निको हुने रोगमध्येमा पर्दछ ।

नेपालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचारको सुरुआत गर्ने पहिलो चिकित्सक भएर पनि डा. मनबहादुरमा त्यो घमण्ड पटक्कै देखिँदैन । उनी जति सरल छन्, त्यति नै सहज पनि छन् । अनि आफ्नो काममा त्यति नै समर्पित पनि । यही कारण मुटु रोगको क्षेत्रमा डा. मनबहादुर एक विश्वसनीय नाम हो । त्यसैले उनी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि प्रहरीका उच्च अधिकारीहरुको समेत रोजाइमा परे । पूर्वप्रधानमन्त्री कोइरालाद्वयको निजी चिकित्सकको रुपमा उनले काम गरे ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको पालामा डा. मनबहादुर केसीको नेतृत्वमै गंगालालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचार सुरु भएको थियो । त्यसबेला नेपालमा मुटु रोग सम्बन्धी डी.एम. गर्ने पहिलो व्यक्ति डा. एन. के. श्रेष्ठ पनि सोही अस्पतालमा स्वयंसेवीका रुपमा कार्यरत थिए । डा. श्रेष्ठकै प्रेरणा तथा सहयोगमा डा. केसीले इलेक्ट्रोफिजियोलोजी सम्बन्धी ‘सुपरस्पेशियालिटी’ सेवा सुरु गरेका हुन् ।

प्रारम्भिक कालमा डा. केसी एक्लैको प्रयासले मात्र सेवा सुरु गर्न सम्भव थिएन । त्यसको लागि उनलाई आफ्नो कामप्रति समर्पित, इमान्दार, आचारसंहिताको पालना गर्ने, सज्जन तथा सजिलो डाक्टरको खाँचो थियो । यही मेसोमा उनको भेट भयो, डा. सुजिव राजभण्डारीसँग । डा. सुजिवमात्र उनका लागि पर्याप्त थिएनन् । डा. केसीले आफ्नो टिममा अर्का एक चिकित्सकलाई आवद्ध गरे, जसको नाम थियो, डा. रोशन राउत । उनकै टिमले अहिले गंगालालमा मुटुको चाल गडबडी सम्बन्धी सफल उपचार गर्दै आएको छ ।हाम्रो मुटु कुनै स्वचालित यन्त्र झैं हरक्षण चलीरहेको हुन्छ, जसलाई हामी ढुकढुकी या धड्कन भन्छौं । मुटुको यही सन्तुलित चालकै कारण शरीरका हरेक कोषसम्म रगतसँगै अक्सिजन र ग्लुकोज प्रवाह हुन्छ र हाम्रो जीवन चल्छ ।

कहिलेकाँही मुटुको यही चालमा गडबडी उत्पन्न हुन्छ । मुटुको चालमा गडबडी भएमा राम्रोसँग विद्युतीय तरंग उत्पादन गर्न सक्दैन, जसले गर्दा मुटु छिटो चल्छ या कहिलेकाँही ढिलो चल्छ । मुटुको चालमा असन्तुलन आएपछि हामीलाई मुटु रोग लाग्न थाल्छ र शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन थाल्छन् ।

मुटुको चालमा समस्या आएको कसरी थाहा पाउने त ? यो प्रश्नको हल छ, शहीद गंगालाल हृदय रोग केन्द्रमा । त्यहाँ डा. मनबहादुर केसी नेतृत्वको टिमले तपाईंको मुटुको चाल सामान्य/असामान्य के छ ठयाक्कै पत्ता लगाउने छन् । र, नेपालमा मुटुको चाल गडबडीसम्बन्धी उपचारको सुरुवात गर्ने पहिलो चिकित्सक पनि पनि डा. मनबहादुर नै हुन् ।

नेपालमा मुटुको चाल गडबडीबारे यकिन तथ्यांक छैन । यद्यपि, गंगालालमा दैनिक ७५ देखि ८० जना विरामीको मुटुको चालमा गडबडी सम्बन्धी उपचार गरिन्छ । यो समस्यालाई ‘इलेक्ट्रोफिजियोलोजी’ भनिन्छ । मुटु रोगमध्येको प्रमुख रोग भइकन पनि यो पूर्णतया निको हुने रोगमध्येमा पर्दछ ।

नेपालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचारको सुरुआत गर्ने पहिलो चिकित्सक भएर पनि डा. मनबहादुरमा त्यो घमण्ड पटक्कै देखिँदैन । उनी जति सरल छन्, त्यति नै सहज पनि छन् । अनि आफ्नो काममा त्यति नै समर्पित पनि । यही कारण मुटु रोगको क्षेत्रमा डा. मनबहादुर एक विश्वसनीय नाम हो । त्यसैले उनी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि प्रहरीका उच्च अधिकारीहरुको समेत रोजाइमा परे । पूर्वप्रधानमन्त्री कोइरालाद्वयको निजी चिकित्सकको रुपमा उनले काम गरे ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको पालामा डा. मनबहादुर केसीको नेतृत्वमै गंगालालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचार सुरु भएको थियो । त्यसबेला नेपालमा मुटु रोग सम्बन्धी डी.एम. गर्ने पहिलो व्यक्ति डा. एन. के. श्रेष्ठ पनि सोही अस्पतालमा स्वयंसेवीका रुपमा कार्यरत थिए । डा. श्रेष्ठकै प्रेरणा तथा सहयोगमा डा. केसीले इलेक्ट्रोफिजियोलोजी सम्बन्धी ‘सुपरस्पेशियालिटी’ सेवा सुरु गरेका हुन् ।

प्रारम्भिक कालमा डा. केसी एक्लैको प्रयासले मात्र सेवा सुरु गर्न सम्भव थिएन । त्यसको लागि उनलाई आफ्नो कामप्रति समर्पित, इमान्दार, आचारसंहिताको पालना गर्ने, सज्जन तथा सजिलो डाक्टरको खाँचो थियो । यही मेसोमा उनको भेट भयो, डा. सुजिव राजभण्डारीसँग । डा. सुजिवमात्र उनका लागि पर्याप्त थिएनन् । डा. केसीले आफ्नो टिममा अर्का एक चिकित्सकलाई आवद्ध गरे, जसको नाम थियो, डा. रोशन राउत । उनकै टिमले अहिले गंगालालमा मुटुको चाल गडबडी सम्बन्धी सफल उपचार गर्दै आएको छ ।

No comments:

Post a Comment