Sunday, September 30, 2018

छोराको हत्या बदलामा बाबुले गरे बन्चरोले हानेर ४ जनाको हत्या, ९ जना घाईते

जेन्सी । बुधबार भारत राजस्थानको मियाँ गाउँका पूर्व विधायकको घरमा गएका एक व्यक्तिको हत्या भएको छ। बिक्रमको हत्या लगत्तै उनका बाबुसहितको समुहले कुटपिटगर्दा अन्य ४ जनाको मृत्यु भएको छ। कुटपिटबाट २ जनको घटनास्थलमै मृत्यु भएको हो भने दुईको अस्पताल पुर्याउँदै गर्दा ज्यान गएको हो।

यस घटनाक्रममा ६ महिला सहित ९ जना घाईते भएका छन्। उक्त झडपबाट मानिसहरु खेतमा भागेर ज्यान बाँचेका थिए। बिक्रमको मृत्युको आक्रोशमा उनका बाबु रामरतनले आफ्ना अन्य दुई छोराको साथ लिएर विपक्षीमाथि आक्रमण गरेका हुन्।

उनीहरुले केही छिनमे दुई जनालाई कुटेर मारे। रामरतन भारतको पशुपालन विभागमामा चपरासी पदबाट रिटाएर भएका थिए। गाउँमा बन्चरो चलाउन सिपालु उनले देखेजती सबैलाई चट्टाचट काटेका थिए। अहिले झडपमा संलग्नलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।

निर्मला बलात्कारपछि हत्या प्रकरण: प्रहरी प्रमुख सर्बेन्द्र खनाललाइ बर्खास्त गरिने….

काठमाडौं। कंचनपुरकी १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तर सरकारले अपराधी पत्ता लगाउन नसकेको पनि साढे २ महिना भैसकेको छ।

बलात्कार पछि हत्या भएकोमा प्रहरीले सुरुवाति अनुसन्धानको नाममा प्रमाण मेटाउने काम गरेको पुरा विश्वले विभिन्न भिडियो क्लिपहरु मार्फत देखेको छ। प्रहरीले किन र कसकालागि प्रमाण नष्ट गर्ने काम गरेको भन्ने कुरा पनि जनताहरुको चाँसोको बिषय हुन गएको छ।

गृहमन्त्री रामबहादुर थापाले पनि सार्वजनिक रुपमा प्रहरीबाट गल्ती भएको बताइसकेका छन्। उनको कमाण्डमा रहेको प्रहरीले ‘ब्लण्डर’ गर्दा पनि कंचनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई पक्राउ गरेर अनुसन्धान गर्नकालागि के कुराले रोकेको छ? कसैलाई थाहा छैन।

प्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रहरी प्रशासनलाई राम्रो नेतृत्व दिन नसकेको र बर्खास्त गर्नु पर्ने आवाज नेकपा भित्र बढ्दै गएको नेकपाका एक नेताले बताएका छन्। प्रम अमेरिकाबाट फर्किने बित्तिकै उनलाई बर्खास्त गर्ने या नगर्ने कुराको छिनोफानो हुने लगभग पक्का भएको छ।



अपराधीको नजिक पुग्न असक्षम प्रहरीले गर्दा सरकार बदनाम हुन परेकोले पनि प्रहरी संगठन प्रमुख पहिलो निशानामा पर्नु स्वभाविक रुपमा नै हेरिंदै आएको छ। देशब्यापी नागरिकहरुले नजिकबाट हेरिरहेको निर्मला प्रकरणमा कुनै सफलता हात नलाग्नु सरकारको साखका रुपमा हेरिएको छ।

यसैक्रममा प्रहरी माहानिरिक्षक मात्र होईन गृहमन्त्रीको बर्खास्तीको प्रसंगहरु पनि उठिरहेको बताईएको छ। गृहमन्त्रीले पनि धेरै बोलेको तर काम केही नगरेर सरकारको साख गिराएको आरोप पार्टीका नेताहरु शिर्ष नेताहरुलाई नियमित लगाईरहने स्रोतले जनाएको छ।

यसरी प्रमलाई गुमराहमा राख्न सक्ने गृह नेतृत्वले अरु बिषयहरुमा पनि झुठो सुचना दिन सक्छ । यसरी नियमित झुठो सुचना पाईरहे प्रमले गर्ने निर्देशनहरु कसरि कार्यन्वयन होला भन्ने चिन्ता पनि नेकपा बृतमा ब्याप्त रहेको श्रोतले जनाएको छ।

झुठो सुचना दिनेलाई पनि कारवाहीको दायरामा ल्याउन प्रमको निर्देशन हुन सक्ने संभावना रहेको छ। यसक्रममा गृहमन्त्रीलाई नसिहत र महानिरिक्षक बर्खास्तसम्म हुनसक्ने संभावना रहेको श्रोतले जनाएको छ। नेकपाका अर्का प्रमुख नेता प्रचन्डले सरकारलाई कतिको सहयोग गर्छन त्यसमा सबै निर्भर रहने श्रोतले जनाएको छ।

अर्घाखाँचीमा सुरक्षा व्यवस्था कडा

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रहरी नायब उपरीक्षक नबराज मल्लले शान्ति सुरक्षा जिल्ला भर पुर्णरुपमा मजबुद बनाएको बताउनु भएको छ ।

उहाले चाडपर्वका बेला जनताको सुरक्षाका लागि जिल्ला भरका सबै ठाउँहरुमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भएको हो । जनताको जिउधनको सुरक्षा गर्नु प्रहरीको दायित्व भएको बताउदै जिल्लाको सुरक्षा अहिले मजबुत भएको बताउनु भएको हो ।

उहाले चार्डपर्बका बेला प्रहरीले जताततै सुरक्षा चेकजाँच लाई कडाइ गरेको बताउदै कुनै पनि खालको अबैध ब्यापार भैंसी तस्करी गाईगोरु तस्करी तथा अन्य कुनै पनि खालका तस्करी हुन नदिन प्रहरी सचेत रहेको बताउनु भएको हो ।

मल्लले जुवा तास चोरी तस्करी पूर्ण रुपमा अन्त गरिने बताउदै त्यस्ता व्यापार गर्नेहरुलाई अाफुले कुनै हालतमा छुट नदिने बताउनु भएको हो ।

अमेरिकामा ओलीलाई फेरि देखाइयो कालो झण्डा, दिक्क भए ओली



काठमाडौं – कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा रहेका मधेसीहरूले कालो झण्डा देखाएका छन् ।

मधेशसँग सम्बन्ध सुधार भइरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई मधेशीहरूले कालो झण्डा देखाएका हुन् । अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरुसँगको भेटघाट समेत त्यहाँका मधेशीहरुले बहिष्कार गरेका छन् ।

मधेशी एशोसिएशन इन अमेरिकाको संयोजकत्वमा सो विरोध कार्यक्रम भएको शतेन्द्र साहले जानकारी दिए । प्रधानमन्त्री ओली जाने सार्वजनिक कार्यक्रम वहिष्कार गर्नुका साथै उनलाई कालो झण्डा देखाइएको पनि उनले बताए ।

अमेरिकामा रहेका मधेशी समूदायको छाता संगठन मधेशी एशोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएको थिएन । अनुमति नदिएपछि उनले जनकपुरबाट भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए ।

निर्मला हत्या प्रकरण: प्रहरी प्रमुख बर्खास्त हुन सक्ने ! प्रचण्डको भुमिका निर्णायक

काठमाडौं। कंचनपुरकी १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तर सरकारले अपराधी पत्ता लगाउन नसकेको पनि साढे २ महिना भैसकेको छ।

बलात्कार पछि हत्या भएकोमा प्रहरीले सुरुवाति अनुसन्धानको नाममा प्रमाण मेटाउने काम गरेको पुरा विश्वले विभिन्न भिडियो क्लिपहरु मार्फत देखेको छ। प्रहरीले किन र कसकालागि प्रमाण नष्ट गर्ने काम गरेको भन्ने कुरा पनि जनताहरुको चाँसोको बिषय हुन गएको छ।

गृहमन्त्री रामबहादुर थापाले पनि सार्वजनिक रुपमा प्रहरीबाट गल्ती भएको बताइसकेका छन्। उनको कमाण्डमा रहेको प्रहरीले ‘ब्लण्डर’ गर्दा पनि कंचनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई पक्राउ गरेर अनुसन्धान गर्नकालागि के कुराले रोकेको छ? कसैलाई थाहा छैन।

प्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रहरी प्रशासनलाई राम्रो नेतृत्व दिन नसकेको र बर्खास्त गर्नु पर्ने आवाज नेकपा भित्र बढ्दै गएको नेकपाका एक नेताले बताएका छन्। प्रम अमेरिकाबाट फर्किने बित्तिकै उनलाई बर्खास्त गर्ने या नगर्ने कुराको छिनोफानो हुने लगभग पक्का भएको छ।

अपराधीको नजिक पुग्न असक्षम प्रहरीले गर्दा सरकार बदनाम हुन परेकोले पनि प्रहरी संगठन प्रमुख पहिलो निशानामा पर्नु स्वभाविक रुपमा नै हेरिंदै आएको छ। देशब्यापी नागरिकहरुले नजिकबाट हेरिरहेको निर्मला प्रकरणमा कुनै सफलता हात नलाग्नु सरकारको साखका रुपमा हेरिएको छ।



यसैक्रममा प्रहरी माहानिरिक्षक मात्र होईन गृहमन्त्रीको बर्खास्तीको प्रसंगहरु पनि उठिरहेको बताईएको छ। गृहमन्त्रीले पनि धेरै बोलेको तर काम केही नगरेर सरकारको साख गिराएको आरोप पार्टीका नेताहरु शिर्ष नेताहरुलाई नियमित लगाईरहने स्रोतले जनाएको छ।

निर्मला हत्याबारे चाहिँदो नचाहिँदो जवाफ दिएकै कारण गत बिहीबार संसदमै उनको राजीनामा मागिएको थियो ।

यदि उनले कार्वाही गर्न सकेनन् भने यो जगतले यसको दोषी बादललाई पनि ठहर्याउने छ । बादलले भनेका छन् – ‘सरकारले देशमा व्याप्त भ्रष्टचार, बलात्कार, तस्करी र ठगलाई नियन्त्रण गरी कारवाहीको दायरामा ल्याएकाले अपराधी जर्मुराएका हुन्, ‘यसैले पनि सरकार गिराउने ठूलो षड्यन्त्र र खेल हुँदैछ ।’

प्रधानमन्त्रीलाई निर्मला प्रकरणमा गलत सुचना दिईएको र त्यही अनुसार प्रमले नेपाल टेलिभिजनको एक कार्यक्रममा ‘ निर्मलाको शव मेयरको घरमा लगेको’ बताएका थिए। जुन कुरा पछि झूठो रहेको प्रमाणित भएको थियो।



यसरी प्रमलाई गुमराहमा राख्न सक्ने गृह नेतृत्वले अरु बिषयहरुमा पनि झुठो सुचना दिन सक्छ । यसरी नियमित झुठो सुचना पाईरहे प्रमले गर्ने निर्देशनहरु कसरि कार्यन्वयन होला भन्ने चिन्ता पनि नेकपा बृतमा ब्याप्त रहेको श्रोतले जनाएको छ।

झुठो सुचना दिनेलाई पनि कारवाहीको दायरामा ल्याउन प्रमको निर्देशन हुन सक्ने संभावना रहेको छ। यसक्रममा गृहमन्त्रीलाई नसिहत र महानिरिक्षक बर्खास्तसम्म हुनसक्ने संभावना रहेको श्रोतले जनाएको छ। नेकपाका अर्का प्रमुख नेता प्रचन्डले सरकारलाई कतिको सहयोग गर्छन त्यसमा सबै निर्भर रहने श्रोतले जनाएको छ।

विवाह पछि पनि अन्य युवतीहरुसँग सम्बन्ध राख्ने गर्छन् यी २ राशिका पुरुषहरु ! थाहा पाइराख्नुस् !

विवाहलाई हिन्दू धर्ममा धेरै महत्त्वपूर्ण मान्ने गरिन्छ। सम्पूर्ण धार्मिक विधिका साथ विवाह सम्पन्न भएपछि सात जन्मको लागिसँग रहने विश्वास समेत गर्ने गरिन्छ। पहिला मागी विवाहको चलन भएता पनि अहिले भने प्रेम विवाहको समेत चलन बढेको छ। विवाह भएपछि एक अर्कामा उतिकै माया हुन्छ भन्ने चाही निश्चित हुँदैन। विवाह भएको केहि महिना पनि नबित्दै सम्बन्ध विच्छेद भएको पनि हामीले देखी हौँ। विवाहित सम्बन्धसँग सन्तुष्ट र खुसी नहुँदा सम्बन्ध विच्छेदको सम्भावना बढेर जाने हुन्छ।

केहि पुरुषहरु आफ्नो श्रीमती भन्दा धेरै सुन्दर साथै आकर्षक युवती देखेमा लालायित हुने गर्छन्। जसका कारण आफ्नो श्रीमतीलाई भन्दा अन्य बाहिरी युवतीहरुलाई धेरै महत्व दिन शुरु गर्छन्। ज्योतिष शास्त्रमा प्राय श्रीमती भन्दा अन्य युवतीसँग पनि सम्बन्ध अगाडी बढाउने व्यक्तिहरुको राशि प्राय निम्न उल्लेखित रहने गर्छ।

मेष राशि

प्राय जस्तो यस राशि हुने पुरुषहरु आफ्नो श्रीमती अथवा प्रेमिकासँग खासै खुशी नहुने गर्छन्। हरेक समय अन्य युवतीको बारेमा सोच्ने गर्छन् भने तर उक्त कुरा आफ्नो घर सम्म आउन भने दिदैनन्। यस राशि भएका पुरुषहरु देख्दा धेरै शान्त देखिने गर्छन्। तर युवतीको मामलामा भने भित्रि रुपबाटनै चलाखी गर्न खप्पिस हुने गर्छन्।



मकर राशि

यस राशी हुने पुरुषहरु देखावटी गर्नमा धेरै माहिर हुने गर्छन्। अन्य युवतीहरु प्रति धेरै आकर्षित रहने यस राशिका पुरुषहरु आफ्नो बाहिरी कुरा लुकाउनमा धेरै खप्पिस हुने गर्छन्। जता पनि मिल्न र मिलाउने खुबी भएका कारण पनि धेरै युवतीहरुसँग सम्बन्ध राख्न सक्छन्। साथै यस राशि भएका पुरुषहरुसँग धाटने खुबी समेत रहने गर्छ।

१ सय ३ जना यात्रु बोकेर ३६ हजार फिटमा उडिरहेको जेट एयरवेजको इन्जिन फेल भयो, त्यसपछिको भयावह अवस्था कल्पना सम्म गर्न सकिन्न



भारतीय आकाशमा जेट एयरवेजको विमान ठुलो दुर्घटनाबाट बचेको छ । भारतीय सहर हैदरबादबाट इन्दोरका लागि उडेको बोइङ ७ सय ३७ विमान ठुलो दुर्घटनाबाट बचेको हो । विमान एउटै इन्जिको भरमा आकस्मिक अवतरण गर्न परेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार यात्रु र चालक दलसहित १ सय ३ जना बोकेर ३६ हजार फिट माथि उडिरहँदा जेट एयरवेजको एउटा विमानको आकाशमै इन्जिन फेल भएको थियो । विमान १२ बजेर ०६ मिनेट जाँदा इन्दिोर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

यसअघि सेप्टेम्बरको सुरुमा पनि जेट एयरवेजको अर्को एउटा विमान मध्य आकाशमा उडिरहँदा यात्रुका कान र नाकबाट रगत बग्न थालेपछि आकस्मिक अवतरण गर्न परेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार सबै १ सय ३ यात्रु सकुशल छन ।

इन्दोर विमानस्थल निर्देशक ए. सान्यालले जेट एयरवेज ९ डब्लु ९ सय ५५ उडानका पाइलटले एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरी एउटा इन्जिन फेल भएको जानकारी दिएका थिए । त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणका सबै उपकरण तयार गरिएको थियो ।

साभार: Osnepal

टि-२० बिश्वकप छनौट ( एसिया ) खेल्ने लागि नेपाली टिमको घोषणा



यही अक्टोबर ३ देखि मलेसियामा सुरु हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगितामा सहभागी हुने १४ सदस्यीय नेपाली टिमको घोषणा भएको छ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको लागि प्रारम्भिक छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

नेपाल सहित एसिया “बि” मा मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्।

प्रदिप ऐरि र शरद भेसावकरको कम्ब्याक

आईसीसी प्रतिनिधि अमिनुल इश्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले चयन गरेको टिममा प्रदिप ऐरि र शरद भेसावकरले कमब्याक गरेका छन्। शरद नेदरल्याण्ड बिरुद्ध पहिलो एकदिवसीय खेल्ने क्रममा हातको चोटको कारण एसिया कप छनौट खेल्न पाएका थिएनन् भने सन् २०१५ पछि प्रदिप ऐरि राष्ट्रिय टिमबाट बाहिर रहेका थिए।



१४ सदस्यीय टिममा सागर पुन, सुनिल धमला, दिपेश श्रेष्ठ र शाहब आलमले भने नाम लेखाउन सकेनन् जसलाई बैकल्पिकको सुचीमा राखिएको छ।

नेपाली टिम :-

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , अनिल साह, बसन्त रेग्मी,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, सन्दिप लामिछाने,शरद भेसावकर र सोमपाल कामि

प्रशिक्षक – जगत टमाटा , ब्यबस्थापक/एनालिस्ट – रमन शिवाकोटी, फिजियो – दिनेश भट्ट बैकल्पिक खेलाडी – सागर पुन, सुनिल धमला, दिपेश श्रेष्ठ , शाहब आलम

प्रतियोगिता खेल्न नेपाली टोलि सोमबार ( अक्टोबर १ ) दिउसो १ बजे मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपालको खेल तालिका :

पहिलो खेल : vs म्यान्मार, अक्टोबर ३ (किनरारा ओभल) , दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल) , तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल)
चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल) , पाँचौ खेल : vs चाइना, अक्टोबर १० (किनरारा ओभल) , छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल)

कहाँ के गर्दैछन् प्रचण्डको गालामा झापट हान्ने पदम कुँवर ?

असोज । दोस्रो संविधानसभा निर्वाचन र त्यसअघि सर्वाधिक चर्चामा आएका पदम कुँवर यतिबेला गुमनाम छन् । ०६९ सालमा भृकुटीमण्डपमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष (तत्कालिन एकीकृत नेकपा माओवादी) पुष्पकमल दाहाल प्रचण्डलाई गालामा चड्कन हानेका थिए, कुुँवरले । उनलाई पक्राउ पनि गरिएको थियो ।

उनले चड्कन हान्नुको कारण प्रस्ट थियो– जनयुद्धका नाममा वेपत्ता, अपांग र सहिद परिवारको बेवास्ता गरी आत्मकेन्द्रित भएर प्रचण्ड अघि बढे । उनलाई अझै पनि प्रचण्डको यहि हर्कत मन पर्दैन ।

माओवादी आन्दोलनका नाममा युद्धभर बन्दुक बोकाएर शान्ति प्रक्रियामा आएपछि भ्रष्टाचारको थुप्रोमाथि प्रचण्ड उभिएको उनले बताएका थिए । त्यसैले ०७० सालको संविधानसभा निर्वाचनका बेला प्रचण्डविरुद्ध काठमाडौं–१० मा उनी निर्वाचन पनि लडे । प्रचण्ड पराजित भए । तर, उनले होइन नेपाली कांग्रेसका राजन केसीले प्रचण्डलाई पछारे । कुँवरको त जमानत जफत भएको थियो ।



तर, प्रचण्डविरुद्ध उम्मेदवारी दिनुमा पनि उनको तर्क स्वभाविक थियो कि युद्धका डोभहरूलाई यथावत राखेर परिवार र ठेकेदारका लागि प्रचण्डले राजनीतिको तिलाञ्जली दिए ।

बागलुङ राजकुत–२कुँवरले प्रचण्डले १० वर्षे जनयुद्धका सहिद, बेपत्ता र घाइतेहरूको अपमान गरेर आफ्नो मात्र स्वार्थ पूर्ति गर्न लागेकाले उनीविरुद्ध नै सांकेतिक रूपमा विरोध जनाउन उम्मेदवारी दिएको बताएका थिए । त्यसबेला काठमाडौ जिल्ला निर्वाचन कार्यालयमा प्रचण्डका पछिपछि आफ्नो उम्मदवारी दर्ता गराएका थिए ।

‘माओवादी युद्धमा लाग्नुको कारण भनेको मुलुकमा परिवर्तनमात्र होइन, मुक्ति पनि चाहिएको थियो । तर जसले मुक्तिका लागि जीवनदान गरे उनको परिवार अहिले पनि दुखमा छ’, उनले भन्ने गरेका छन्,‘सुखमा प्रचण्डको परिवार, उनका आसेपासे ठेकेदार र नाफामुखि व्यक्तिमात्र छन् । गरिब र पूर्वलडाकूको विजोग कसले देख्ने ?’

प्रचण्डले युद्धको नेतृत्व गरेका कारणले नै गाला चड्काएको उनले बताएका थिए । त्यसबाहेक माओवादीका अन्य नेतासँग पनि उनी क्रोधित थिए । अहिले पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी भएपछि भने कुँवरले खासै प्रतिक्रिया दिने गरेका छैनन् । बरु, युद्धको पीडा भोगेकाले नेताहरूलाई देखाउने प्रतिक्रियाले दंग छन् ।

बाबुराम भट्टराईलाई अमेरिकामा कालो झन्डा देखाउने द्वन्द्वपीडितको आन्दोलन पनि सही लागेको छ, उनलाई । त्यसैले बाबुुरामविरुद्ध आएका कतिपय आलेखलाई सामाजिक सञ्जालदेखि धेरै ठाउँमा सेयर पनि गर्छन् ।



कतिपय पूर्वलडाकूले आफ्नो अध्ययन छाडेर बन्दुक बोक्न बाध्य भए । भविष्यको सुनौलो बिहानीको साटो अंगभंग र पीडाको भवसागरमा डुबेका छन् । ‘उनको रुप र युद्धमा अपांग भएकाहरूको अवस्थालाई तुलना गरौं, के युद्धमा मारिएका परिवारले राहत पाएका छन् ? परिवर्तनका लागि बन्दुकका कुन्दालाई जंगलमा गाडेर युद्ध लड्नेहरूले न्याय पाए ?’, उनले त्यसबेलै मिडियामा भनेका थिए,‘त्यसैको याद दिलाउनका लागि चड्काएको थिएँ ।’

पूर्वलडाकूहले अब युद्धको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीले लिइसकेका कारण पूर्वएमालेका नेताले पनि यस विषयमा गम्भिर नभउ आन्दोलनको सामना गर्नुपर्ने चेतावनी दिइसकेका छन् । यता, प्रचण्ड भने पत्नी सीताको उपचारका दापथ सिंगापुरमा छन् ।

-दैनिक नेपालबाट

नेपालमै यस्ता व्यवसायिक कल गर्ल : ५ हजार रूपैंयामा खाना, खाजा र दुई बोतल वियर साथमा

काठमाडौँ । रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मदिरासम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए । धनगडीबाट काठमाडौं आएका बेला काम सकेर मस्ती मुडमा रहेका रविले एक हप्तासम्म प्रयोग गरेको ट्याक्सीमार्फत त्यो फ्ल्याटको ढोका ढकढकाउने अवसर पाए । उनको डिल भयो– ५ हजार रूपैंया, ८ घन्टाको समय । खाना, खाजा र दुई बोतल वियर पनि । साथमा सेक्स पार्टनर पनि । केही समय लन्डन समेत बसेका उनले नेपालमा सस्तो र राम्रो सुविधा पाएको महसुस गरें । उनी भन्छन्,‘लन्डनमा त व्यावसायीक रूपमा नै यस्ता ठेगाना पाइन्छन्, काठमाडौं लगायतका ठाउँमा पनि सुरु भएको रहेछ ।’ रविले हरेक पटकको काठमाडौं बसाईलाई सुखमय बनाउने सजिलो माध्यम पनि भेटेका छन् ।
रविमात्र होइन जीवन बुढाथोकी (नाम परिवर्तन)लाई जतिबेला सेक्सको आनन्द लिने मन हुन्छ इन्टरनेट साइट खोतल्न थाल्छन् । कल गर्ल सम्बन्धी व्यावसायीक साइटमा रहेका ठेगानाका नम्बर र युवतीसँग सम्पर्क गर्छन् । केही समयमा नै डिलअनुसारको सेवा लिने गरेका छन् । रेडलाइट एरिया नभए पनि नेपालका विभिन्न सहरमा कल गर्लको संख्या भुसमा आगो सल्किए जसरी बढेको छ । खासगरी विद्यार्थी, रोजगारी गरिरहेका युवतीहरूले छिटो आम्दानीका लागि कर्ल गर्लको पेशालाई अपनाउन थालेका छन् । यसको यकिन तथ्यांकन नभए पनि विभिन्न सहरमा युवतीहरूको संख्या बढिरहेको देखिन्छ । कर्लगर्ल सम्बन्धी कतिपय विदेशी वेभसाइटहरूले त नाम, सहर, ठेगाना र फोन नम्बरसहित युवतीको तस्बिर नै राखिदिएको छ । कर्लगर्ल सम्बन्धी जानकारी राख्ने ‘डेटिङफेला’भन्ने वेभसाइटले नेपाली युवतीहरूको नामसहित विस्तृत विवरण राखिदिएको छ । यो साइटले यस्ता युवतीको वायोडाटा नै राखिदिने गरेको छ ।
एक अध्ययनअनुसार काठमाडौं, पोखरा, धरानलगायतका विभिन्न सहरमा कल गर्ल होस्टेल, फ्ल्याटमा बस्ने गरेका छन् । उनीहरूले सेवा ग्राहीलाई सुरक्षित स्थान अथवा आफु बसेको फ्ल्याटमै पनि सेवा दिने गरेका छन् । कतिपय कल गर्ल आफ्ना ग्राहकको मर्जीअनुसार विभिन्न ठाउँमा ‘लङ ड्राइभ’मा समेत जाने गरेका छन् । इन्टरनेट एउटा माध्यम भयो, अर्को क्लव, डान्स रेष्टुरेन्ट र कतिपय डिस्कोमा भेट हुने गरेको बताइन्छ । कल गर्लहरू विभिन्न पेशा, व्यापार, व्यावसायका आवरणमा रहने गरेका छन् । खासगरी वित्तिय र मनोरञ्जन उद्योगमा यस्ता युवतीको संख्या बढि रहेको अनुमान गरिएको छ ।
 
के हो कल गर्ल ?
कल गर्ल भनेको बाटोमा हिँड्ने ‘सेक्स वर्कर’ हुन् । उनीहरूले आफ्नो पेशा र व्यावसायलाई आम मानिसलाई प्रस्टसँग खुलाएका हुँदैनन् । उनीहरू कुनै एजेन्सीसँग आवद्ध हुने गरेका छन्
कल गर्लले म्यागेजिन र इन्टरनेटमा आफ्नो विज्ञापन पनि गरेका हुन्छन् । उनीहरूको विज्ञापनलाई एजेन्सीहरूले प्रमोशन गरेका हुन्छन् । कतिपय पोर्नस्टारले पनि कल गर्लका रूपमा सेवा दिइरहेका हुन्छन् । कतिपय कलगर्लका आफ्ना वेभसाइट पनि हुने गरेका छन् ।

शान्ति सेनामा नेपालले राख्यो यस्तो प्रस्ताव ! दुनियाँ चकित भयो



काठमाडौं । नेपाली सेनाको विरता र गाथा सायदैं कसैंले ब्याख्या गरिरहनु पर्छ जस्तो हामीलाई लाग्दैन । विश्वका आतंकवाद र युद्धको चपेटामा परेका जनताहरुको रक्षार्थ नेपाली शान्ति संैनिकको भुमिका उल्लेखनिय छ । तर नेपालले कर्य अनुसारको नेतृत्व प्राप्त गर्न सकिरहेको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व शान्तिमा योगदान गर्दै आएको नेपाली सेनाको उपस्थिति उच्चस्तर नेतृत्व तह मा पुर्याउन नेपालले कूटनीतिक पहल अघि बढाएको छ । नेपाली सेना शान्तिको लागि फिल्डमा काम गर्ने पाँचौ ठूलो सैन्यमा पर्छ ।

निकै असजिला स्थान र द्वन्द्व बढी भएको स्थानमा नेपाली सेनाको उपस्थिति छ । नेपालले हरेक अप्ठ्यारोमा पनि विश्व शान्तिको लागि शान्ति सेनामार्फत योगदान गरेको पनि ६० वर्ष पुगेको छ भने कैयन्ले वीरगति प्राप्त गरेको अवस्थामा नेपाली सेनाको योगदानलाई मूल्यांकन गर्नसमेत आग्रह गरिएको छ’, राष्ट्र संघअन्तर्गतको शान्ति सेनामा माथिल्लो तहमा नेपाली सेना किन नभएको भन्ने जिज्ञासामा उनले भने,“यो विषयमा हाम्रो ध्यान गएको छ । यसलाई हामीले सबै पक्षबाट थप पहल गर्नेछौं ।”

नेपाली सेनाको उपस्थिति अनुसारको उच्च तहका पद पाउनुपर्ने धारणा नेपालले राख्दै आएको भए पनि त्यसमा सफलता हासिल गर्न सकेको छैन । फिल्डमा काम गर्ने नेपाली सेना तर त्यसको नेतृत्व गर्ने अन्य कुनै दातृ मुलुकका सेनाको अधिकृतले गर्दै आएको छ । यो विषय राष्ट्रसंघमा अन्य मुलुकले पनि उठाउँदै आएका छन् । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

निलम्बित एसपी विष्टको डिएनए रिपोर्ट लिक, यस्तो आयो रिपोर्ट

काठमाडौं, १४ असोज । कञ्चनपुरमा हत्या गरिएकी किशोरी निर्मला पन्तसँग निलम्बित एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट म्याच गरेको छैन ।

घटनामा संलग्न भएको आशंकामा निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएको थियो । निर्मलासँग डिएनए म्याच नभएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरु तीनैजनाको नमूना संकलन गरी डिएनए परीक्षण गरिएको थियो । परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत आइतबार सार्वजनिक हुँदैछ ।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दिलीप बिष्टको डिएनए परीक्षण गराएको थियो । त्यसबाट उनी घटनामा संलग्न नभएको देखिएको थियो ।

अश्लील तस्बिर छापेको भन्दै पोखरामा शुक्रबार साप्ताहिक जलाइयो



पोखरा – नेपालमा दिन प्रतिदिन महिला हिंसाका घटना सार्वजनिक भइरहेकै बेला आमसञ्चार माध्यमले हिंसा नियन्त्रण गर्नुको साटो अश्लीलता झल्काउने साम्रगी प्रकाशन गरेको भन्दै शनिबार पोखरामा विद्यार्थी संगठनले पत्रिका जलाएका छन् ।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्रदेश ४ ले नागरिक राष्ट्रिय दैनिकको साप्ताहिक परिशिष्टांक शुक्रबार साप्ताहिक जलाएर विरोध प्रर्दशन गरेको हो । उक्त पत्रिकाको मिडपेज ब्लोअपमा गायिका तथा मोडल लक्ष्मी आचार्यको नग्न बिम्ब झल्किने कुकुर सहितको तस्बिर प्रकाशित छ ।

समाचार प्रकाशन गर्ने आमसञ्चारका साधनहरुले महिलाहरुलाई बिकाउ वस्तुको रुपमा चित्रित गराइरहेको संगठनको आरोप छ ।



‘अश्लीलता सार्वजनिक गर्न आमसञ्चारका माध्यमहरु नै बढी सक्रिय छन्,’ संगठनका प्रदेश संयोजक क्षितिज सापकोटाले भने, ‘समाजमा भईरहेका बलात्कार, हत्या हिंसा प्रति जवाफदेही हुनुपर्ने सञ्चारमाध्यम नै अश्लीलता बेच्न उद्दत भएपछि जिम्मेवार को हुने ?’ उनको प्रश्न छ ।

सञ्चार माध्यमलाई जिम्मेवार र जवाफदेही बनाउन सांकेतिक रुपमा विद्यार्थी संगठनले शुक्रबार साप्ताहिक जलाएको सापकोटाको भनाई छ ।

आफ्नै पार्टी नेतृत्वको दुई तिहाई बहुमत सहितको सरकार सञ्चालनमा भएपनि समाजमा बढेका महिला हिंसा विरुद्ध संगठन खरो उत्रिने उनले जनाए ।

नाम चलेका गायकलाई मातदिने स्वरका धनि बालक हेर्नुहोस् यस्तो छ यिनको स्वर

नाम चलेका गायकलाई मातदिने खालको स्वरका भएका बालक दैलेखको दुगेश्वरमा भेटिएका छन् । उनिहरु बादी समुदायवाट रहेको र जिविकोपार्जन नै यसरी गित गाएर गाउने गरेको उनिहरुको भनाई छ । यो पढ्ने उमेरमा आफ्नो परिवार धान्न यसरी आफ्नो कला प्रस्तुत गर्दै हिड्ने गर्दछन् यिनिहरु । कलाको सम्मान गर्नुपर्दछ ।
अत्यन्तै सुमधुर स्वरका धनि यि बालकहरुको उज्जवल भविष्यको कामना । तपाईलाई पनि मनपर्यो भने सेयर गरी कलाका सम्मान गरीदिनुहोला ।

एउटा ट्वीटले २ अर्ब चट् !



अमेरिकी कार निर्माता कम्पनी टेस्ला इंकका सीईओ तथा चेयरम्यान एलन मस्क पदमुक्त हुने भएका छन् । साथै उनले भारी जरिवाना पनि तिर्नुपर्नेछ ।

कम्पनीलाई निजी बनाउने विषयमा गरेको ट्वीटलार्इ लिएर अमेरिकी अधिकारीहरुसँग उनले यस्तो खालको सम्झौता गरेका हुन् । बिहीबार अमेरिकाको सेक्यूरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले ठगीको आरोपमा प्रख्यात व्यवसायी एलन मस्कमाथि मुद्दा चलाउने निर्णय लिएको थियो ।उक्त निर्णयपछि भएको सम्झौताअनुसार मस्क टेस्लाको सीईओ त रहनेछन् तर तीन वर्ष अध्यक्ष बन्न सक्ने छैनन् । उनी र टेस्लाले २ करोड डलर (करिब दुई अर्ब रुपैयाँ) जरिवाना पनि तिर्नुपर्नेछ ।
अगष्टमा मस्कले ट्वीट गरेर भनेका थिए कि उनी विद्युतीय कार बनाउने आफ्नो कम्पनी टेस्लाको सेयर बजारबाट हटाएर निजी स्वामित्ववाला कम्पनी बनाउने कुरामा विचार गरिरहेका छन् । यसका लागि आफूले फन्डिङको प्रबन्ध गरिसकेको उनको भनाइ थियो ।
उनको यस्तो ट्विटपछि कम्पनीको सेयर मूल्य केही समयका लागि त बढ्यो, तर फेरि ओरालो लाग्यो ।
तर, सेक्यूरिटिज एन्ड एक्सचेन्ज कमिसनले यो दावी झूटो र भ्रामक भएको बताएको थियो । अब मस्लोले कुनै पनि प्रकारको ट्वीट गर्नु अगाडि कम्पनीको सञ्चार नियमहरु पालना गर्नुपर्ने छ ।
उनले ४५ दिनभित्र टेस्लाको अध्यक्ष पद छाड्नेछन् ।

प्यूठानमा जीप दुर्घटना, एक जनाको मृत्यु

१५ असोज, प्यूठान । प्यूठानमा आज बिहान भएको जीप दुर्घटनाका एक जनाको ज्यान गएको छ ।

लु१च ३४७२ नं को पिकअप जीप दुर्घटना हुँदा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जीप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा अन्य मानवीय क्षति भएको छैन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको स्थानीय जनक केसीले बताए ।

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क



१५ असोज, भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ ।

भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो ।भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४–०७५ मा रु ५१ लाखमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएपछि दुई नगरपालिकाबीच पर्यटन शुल्कका विषयमा विवाद हुँदै आएको थियो ।

चाँगुनारायण नगरपालिकाले आव २०७५–०७६ को लागि रु तीन करोड २५ लाखमा ठेक्का दिएपछि चाँगुनारायण नगरपालिका–६ तेलकोट र वडा नम्बर ८ को कलमसीमा बसेर पर्यटकसँग शुल्क लिँदै आएका छन् । जसमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर जानेबाटोमा समेत ठेकेदारले शुल्क उठाइरहेका छन् ।

यसबारेमा चाँगुनारायणका नगरप्रमुख सोम मिश्रले नगरकोटको विकासमा दुई नगरपालिकाबीच समन्वय गरेर अघि बढ्ने बताउँदै पर्यटकलाई दोहोरो करको मारमा नपार्ने व्यवस्थाका लागि छलफल गरिने बताए ।

यता काभ्रेको मण्डन देउपुर नगरपालिकाले पनि चालू आवबाट नगरकोट जाने पर्यटकसँग प्रवेश शुल्क लिने सूचना जारी गरेको छ । नगरपालिकाले २०७५–०७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यूटावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउने ठेक्का आह्वान गरेको छ ।

उक्त सूचनामा बोलपत्र स्वीकृत भएका फर्म वा कम्पनीले सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति रु ३०० र सार्क राष्ट्रभित्रका रु २०० (कर बाहेक) प्रति पर्यटक प्रवेश सेवा शुल्क उठाउन पाउने छन् । चाँगुनारायण नगरपालिकाले ठेक्का दिएको ठेकेदारले पनि सोही दरमा शुल्क उठाइरहेका छन् ।

अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि डा. धिताल मनोनित

१५ असोज, काठमाडौं । मृत्यु भइसकेका व्यक्तिको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गर्ने डाक्टर कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डको मनोनयनमा परेका छन् । हालै खुला भएको ‘प्राइड अफ अष्ट्रेलिया’ अवार्डको मनोनयनमा डा. धिताल पनि परेका हुन् ।

मुटु प्रत्यारोपण गरेर मानिसहरुको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ ।

स्वयम्भू बुद्धको पाउमुनी नेपथ्य



१५ असाेज, काठमाडौं । नेपथ्यले शान्ति र सुरक्षाको माग गर्दै प्राचीन बौद्ध सम्पदाको आँगनमा कन्सर्ट सम्पन्न गरेको छ ।

स्वयम्भूमा यसपटक नेपथ्य उभिनुको अर्को कारण थियो, सम्पदा संरक्षण । ब्याण्डले यो कार्यक्रम त्यसैको निम्ति समर्पित गरेको छ । स्थापनाको रजत महोत्सव मनाउँदै गरेको यो समूहले दशैंको छेकसमेत पारेर राजधानीवासीसँग खुशी साट्ने मौकासमेत यो कार्यक्रम बन्न पुग्यो ।नेपथ्यका अघिल्ला कन्सर्टहरु भन्दा यसपाला बेग्लै सुरुवात भएको थियो । ब्याण्डका मुख्य गायक अमृत गुरुङको आवाजबाट नभइ स्वयम्भूमा उपस्थित दर्शकहरुको आवाजबाट कन्सर्ट सुरुभएको थियो ।

मञ्चमा चढेका नेपथ्यका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ गीतको धुन बजाइदिएका थिए । मञ्च वरपरका विशाल ‘डिसप्ले बोर्ड’हरुमा गीतका शब्द बग्न थालेः

‘जीवन हो घाम छायाँ

सुख दुःख दुवै हुन्छ

जीवन हो बिना माया

छटपटी तडपन हुन्छ’

दर्शकले तिनै लाइनलाई समातेर गाउँदा गाउँदै बीचतिर बल्ल अमृत मञ्चमा देखापरे । त्यतिन्जेल अर्को लाइन सुरु गर्नका निम्ति स्वयम्भूकै स्थानीय तथा नेपथ्यका पुराना सदस्य ध्रुव लामाले ड्रमसेटको प्रभावकारी आवाज छरिसकेका थिए । हजारौंको संख्यामा उपस्थित दर्शकले चर्को आवाजमा स्वागत गरेपछि बाँकीको गीत अमृत र दर्शक मिलेर गाए ।

कार्यक्रम प्रस्तुत गर्दागर्दै अमृतले बारंबार स्वयम्भूमा बितेका नेपथ्यका संघर्षमय दिनहरुको सम्झना गरे । ‘हामीले यहाँ कोठा भाडा लिएर एउटा एल्बमै तयार पारेका थियौं,’ अमृतले बिगत सम्झे, ‘अबेर रातसम्म स्वयम्भूको डाँडामा बसेर अनेक योजनाहरु बुन्थ्यौं ।’

त्योबेला आफूहरुमा परेको प्रभाव र अहिले काठमाडौंका सम्पदाहरुमा बढ्दो अतिक्रमणका बीच यो कार्यक्रमलाई सम्पदा संरक्षणका निम्ति समर्पित गरेको कारण पनि उनले खुलाए ।

विदेशिने युवाले वीरगञ्जका राजुबाट सिक्ने कि ?



१५ असोज, वीरगञ्ज । नेपाली युवाहरु स्वदेशमा रोजगारीको वातावरणै भएन भन्दै विदेशतिर हानिन्छन् । तर, छिमेकी भारतबाट खालीहात नेपालमा आएका मेहनती युवाले कसरी श्रम गरेर नेपालमा आर्जन गरिरहेका छन् भन्ने बुझ्न वीरगञ्जको चियापसलमा पुग्दा हुन्छ ।

‘राजुजीको चियाले एकैपटकमा ‘एडिक्ट’ बनाउँछ । एकपटक आएपछि आइरहन मन लाग्छ,’ सप्तरी हनुमाननगर घर भएर वीरगञ्ज बस्ने दीपक शर्माले चियाको चुस्की लगाउँदै अनलाइनखबरसँग भने, ‘चियाजस्तै उहाँको व्यवहार पनि नसा नै लगाउने खालको छ ।’तपाईलाई लाग्न सक्छ, राजुको चियामा त्यस्तो विशेष जादु के छ ? छ पनि विशेष नै, उनी चिया गिलासमा बेच्दैनन्, कपमा बेच्छन्, त्यो पनि माटाको ।

वीरगञ्जको आदर्शनगरमा चियाको बिजनेश चलाउँदैछन् राजु शर्मा । ‘राजु टि स्टल’ नाम दिएर चोकमै पसल खोलेका छन् । यहाँ चिया खान दीपक शर्मा दैनिक निकै टाढाबाट धाउँछन् ।

दक्षिण अफ्रिकाको सहज जित, जिम्बाब्वे ११७ रनमै अलआउट

१५ असोज, काठमाडौं । ३ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ ।

जिम्बाब्वेले दिएको ११८ रनको चुनौति दक्षिण अफ्रिकाले २६.१ ओभरमा नै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा हेइनरिच क्लासेनले ४४ र ऐडन माक्रमले २७ रन बनाए ।जिम्बाब्वेका लागि टेन्डाई चटरा र विलिंटन मसाकड्जाले समान २–२ विकेट लिए ।

डाइमन्ड ओभलमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ३४.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । जिम्बाब्वेका लागि कुनै पनि खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् । जिम्बाब्वेका लागि इल्टोन चिगुम्बुराले २७ र हामिल्टन मसाकड्जाले २५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा लुन्गी गैडीले ३ विकेट लिए ।

रोनाल्डोले अस्वीकार गरे बलात्कारको आरोप

काठमाडौं । युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कारको आरोप ठाडै अस्वीकार गरेका छन् ।

एक अमेरिकी महिलाले हालै मात्र रोनाल्डोमाथि आफूलाई २००९ मा बलात्कार गरेको दाबी गरेकी हुन् । रोनाल्डोले भने ‘फेक न्यूज’ भन्दै आरोप अस्वीकार गरेका छन् । इन्टाग्राममा पोष्ट गरिएको भिडियो भनिएको छ, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफूलाई अगाडि बढाउन चाहन्छन् । यो समान्य हो ।’रोनाल्डोका वकिलले भने बलात्कारको आरोप छाप्ने जर्मन पत्रिकाविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

पत्रिकाको समाचारमा रोनाल्डोले २००९ मा लसभेगसको एक होटलमा आफूलाई बलात्कार गरेको अमेरिकी महिलाको दाबी उल्लेख छ । ३४ वर्षीय महिलाले प्रहरीमा उजुरी समेत दिएकी छन् । २०१० मा ३ लाख ७५ हजार डलरमा सहमति भएको समाचारमा उल्लेख छ ।

प्रदेशको राजधानी किन बनेन वीरगञ्ज ?

१५ असोज, वीरगञ्ज । सधैं मधेस आन्दोलनको केन्द्रमा रह्यो वीरगञ्ज । मधेस आन्दोलनका बेलामा बढी शहादतसमेत यहीँका जनताले दिए । आर्थिक कारोवारलाई चौपट पारेर भए पनि मधेसी जनताको हक र अधिकारका लागि भनेर गरिएको आन्दोलनमा वीरगञ्जवासीले सकेको योगदान गरे ।

आन्दोलनकै कारण आर्थिक नगरीको उपमा पाएको वीरगञ्जबाट कतिपय व्यवसायी पलायन नै भए भने कतिले आफ्नो प्राथमिकतामा वीरगञ्जलाई नै राखेनन् ।आफैं रेटिएर गरेको आन्दोलनबाट वीरगञ्जले राजनीतिक रुपमा लाभ लिने अपेक्षा धेरैले गरेका थिए । तर, समय बित्दै जाँदा विगतका नेताका प्रतिवद्धताहरुमा खिया लागेको अनूभूति यहाँका नागरिकलाई भएको छ ।

एकमात्रै मधेसीबाहुल क्षेत्र प्रदेश नः २ को राजधानी वीरगञ्ज हुनेमा यहाँका स्थानीय आश्वस्त थिए । तर, सरकारले जनकपुरलाई अस्थायी राजधानी तोकेपछि यहाँ जनताका आशंका पैदा भयो ।

प्रदेश २ को प्रदेशसभा अधिवेशनको पहिलो बैठक जनकपुरमा बस्दै गर्दा त्यसको विरोधमा यहाँका स्थानीयले वीरगन्ज बन्द गरे । त्यसअघि सरकारले अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेका दिन पनि वीरगन्ज बन्द गरियो ।

चिकित्सक, इन्जिनियर, कानुन व्यवसायीदेखि अन्य पेशाकर्मीहरु पनि पालैपालो अनशनमा बसे । प्रदेश राजधानीको माग गर्दै करिब एक महिनासम्म घण्टाघर चोकमा यहाँका स्थानीयले आन्दोलन गरे ।

दशकयता तीनपटक भइसकेको मधेस आन्दोलनको ‘इपिसेन्टर’ वीरगञ्ज भएको स्वंय मधेसी नेताहरु नै स्वीकार गर्छन् । तर, प्रदेश राजधानी बनाउने विषयमा वीरगञ्जलाई ठूलो धोका भएको आम बुझाइ अधिकांश वीरगञ्जवासीमा मौलाएको छ ।

वीरगञ्ज महानगरपालिकाको गेटमा भेटिएका वीरगञ्ज मनपा ३० का मनोज यादवले जनकपुर प्रदेशको राजधानी बनाउन उपयुक्त नहुने बताए । ‘वीरगञ्ज भएन भने जनकपुर पनि हुनुहुँदैन’ मनोजले भने ‘जनकपुर राजधानी हुनका लागि कुनै पूर्वाधार छैन, टाढा छ, भाषाको पनि समस्या छ । हामी मिथिला भाषा बुझ्दैनौं ।’

एउटा सत्य कुरा के हो भने करीव तीन वर्षअघिको तेस्रो मधेस आन्दोलनमा ६ महिना एक्लै आन्दोलन धान्ने मात्र वीरगञ्जले गरेको थियो । वीरगञ्जले जति दबाव काठमाडौंलाई सायदै अन्य जिल्लाका आन्दोलनले दिन सक्यो ।

मधेस आन्दोलनलाई अन्तरराष्ट्रियकरण गर्ने काम पनि वीरगन्जले नै गरेको स्थानीय मनोज यादवको दाबी छ । काठमाडौंलाई वीरगञ्जले जति अप्ठ्यारो बनाउन सक्यो अरुको त्यति तागत पनि विगतमा देखिएन ।

तर, वीरगञ्जको योगदान र उपयोगितालाई बिर्सिएर ‘सबै दृष्टिले योग्य शहर’लाई पाखा लगाएको वीरगञ्जवासीको गुनासो छ । समग्रमा मधेसवादी दलबाट नै धोका भएको आरोप उनीहरुको छ ।

वीरगञ्ज महानगरपालिका ४ का प्रकाश शर्मा प्रदेश नम्वर दुईको स्थायी राजधानी र प्रदेश नामाकरण गर्न अब ढिला गर्न नहुने बताउँछन् । प्रदेश नम्वर दुईको नाम मधेस प्रदेश, राजधानी गढीमाई राखिनुपर्ने तर्क शर्माको छ ।

प्रदेशको नाम जनकपुर राख्न नहुने र त्यसले कुनै एक भूगोल र समुदायको मात्रै प्रतिनिधीत्व गर्ने शर्माको भनाइ छ । बर्दिवास वा चन्द्रनिगाहपुरमा पहाडीया र मधेसका वासिन्दाको मिश्रित कम्युनिटी भएकोले प्रदेशको राजधानीका लागि उपयुक्त हुने सुझाव प्रदेश सरकारलाई दिने उनले बताए ।

मधेस केन्द्रित दलका शीर्षस्थ नेताहरूले बेला–बेलामा यहाँ आएर सार्वजनिक रुपमा वीरगन्जलाई राजधानी बनाउने बाचा गरे पनि अहिले आएर वीरगन्जलाई बिर्सेको गुनासो छ ।

प्रदेशको एक मात्र महानगर, आर्थिक राजधानी, मुलुकको प्रवेशद्वार तथा उद्योग धन्दाले भरिभराउ, वीरगन्ज नजिक प्रदेशको एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर र सिम्रौनगढजस्ता ठूला तथा अन्तर्राष्ट्रिय पहिचान भएका मन्दिर तथा पर्यटकीय स्थल पनि भएकाले धार्मिक तथा पर्यटकीयरूपमा पनि जनकपुरभन्दा वीरगन्ज कम नरहेको तर्क वीरगन्जवासीको छ ।

जेष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्त्वपूर्णः प्रधानमन्त्री

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुकमो अनुभव देश निर्माणका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

२८औँ अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली जेष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताए ।जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्दै जेष्ठ नागरिकको हकहित संरक्षण र सम्बद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष जेष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज जेष्ठ नागरिक दिवस मनाइँदैछ ।

समाजमा आउँदा दिनमा जेष्ठ नागरिकको जनसंख्यामा वृद्धि हुँदै जाने तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवाको विदेशिने क्रमका कारण घरघरमा जेष्ठ नागरिक एक्लिने अवस्था आएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले अगाडि भने, ‘कतिपय अवस्थामा जेष्ठ नागरिकले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार जेष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।’

जेष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन जेष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि जेष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

जेष्ठ नागरिकको सुरक्षाका लागि कानूनी प्रावधानको व्यवस्था गर्न जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढेको जानकारी पनि प्रधानमन्त्रीले सन्देशमार्फत् दिएका छन् । ‘जेष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

गोविन्द केसीलाई शिक्षामन्त्रीको प्रश्न- म दोषी हुँ कि संसद ?



१५ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफ्नो नैतिकतामाथि प्रश्न उठाएको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुःखमनाउ गरेका छन् । डा. केसीसँगको सम्झौता अनुरुप चिकित्सा शिक्षा विधेयक पास नहुनुमा आफ्नो नभई संसदको दोष रहेको मन्त्री पोखरेलले स्पष्टीकरण दिएका छन् ।

मन्त्री पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘म त सुरुदेखिकै यसको पक्षधर हुँ । मबाट अगाडि बढेर समितिमा गइसकेपछि त त्यो पार्लियामेन्टको विषय भयो । अब म दोषी भएँ कि पार्लियामेन्ट दोषी भयो ?’डा. केसीसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री तयार रहेको तर शिक्षामन्त्रीले नमानेको भन्ने डा. केसीको आरोप सही नभएको मन्त्री पोखरेलको तर्क छ ।

संसद बैठक स्थगित हुने अन्तिम दिन पनि आफूले विधेयक पारित गर्न अतिरिक्त भूमिका खेलेको तर प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नमानेपछि हाउसबाट पारित हुन नसकेको मन्त्री पोखरेलले अनलाइनखबरलाई बताए ।

‘मैले अतिरिक्त भूमिका खेलें, तर सकिनँ’

चिकित्सा शिक्षा विधेयकबारे शिक्षामन्त्री पोखरेलको भनाइ उनकै शब्दमाः

डा. गोविन्द केसीले प्रधानमन्त्रीले सहमति गर्ने, मन्त्रीले चाहिँ लागू नगर्ने भन्दै अहिले विधेयक नल्याएकोमा मन्त्रीलाई दोष दिनुभएछ । वहाँले मलाई ‘पदमा बस्न नमिल्ने’ शब्द प्रयोग गर्नुभएको छ । पत्रिकामा पढेको, उहाँले ‘ब्ल्याकमेलिङ’ शब्द प्रयोग गर्नुभएछ ।

प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई अवसर



१५ असोज, काठमाडौं । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो ।

जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानको माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार यो पदमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जनाको माग भएको छ । खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ ।

दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न दबाब (फोटो फिचर)



१४ असोज, काठमाडौं । प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग गर्दै आदिवासी जनजाति समुदायको एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेवा ताम्सालिङ संघर्ष समितिको नाममा माइतीघरमा गरिएको प्रदर्शनका सहभागीले आदिवासी जनजाति समुदायको थातथलोलाई मान्यता दिँदै प्रदेश ३ को नामाकरण गर्न माग गरेका हुन् ।उनीहरुले प्रदेशमा कम जनसंख्या भएका आदिवासी जनजातिको बसोबास क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न पनि माग गरेका छन् ।प्रदर्शनमा सबै मातृ भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा सबै मातृ भाषामा पठनपाठन गर्ने व्यवस्था गर्न पनि सरकारलाई दवाव दिइएको छ ।

नेवार र तामाङ समुदायको थलोको रुपमा रहेको प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ प्रदेश राख्न माग गर्दै सरकारलाई दवाव दिन प्रर्दशन गर्नुपरेको समितिका संयोजक मोहन गोले तामाङले जानकारी दिए ।

नेवारी र तामाङ समुदायको परम्परागत भेषभूषामा आएका प्रदर्शनकारीले कम जनसंख्या भएको समुदायलाई विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

Saturday, September 29, 2018

३ वर्षदेखि आफ्नै बाबुले १४ बर्षिय छोरीमाथि लगातार बलात्कार गरिरहेका थिए, सहनै नसकेर छोरीले गरिन् …

१४ वर्षकी एक बालिका प्रहरी चौकी पुगिन् । उनले त्यहाँ पुगेर जे सुनाइन् त्यो सबै सुन्दा त्यहाँ भएका प्रहरीकै मुटु काँप्यो । ती बालिकाले आफ्नै पितामाथि बलात्कारको आरोप लगाइन् । उनका अनुसार पिताले ३ वर्षदेखि अश्लील फिल्म हेर्दै उनको यौनशोषण गरिरहेका थिए । यो बीचमा उनी २ पटक घर छोडेर पनि भागिन् । तर, भागेर आफन्तकहाँ गएकी उनलाई पिताले जबरजस्ती फर्काएर ल्याए । बालिकाले आफ्नी आमाको मानसिक अवस्था ठिक नभएकोले आमालाई भन्न समेत नसकेको बताइन् ।

किशोरीलाई उनका पिताले कसैलाई नभन्न धम्की दिइरहन्थे । बुधबार आरोपी पिता काममा गएपछि बालिका प्रहरी चौकी पुगेकी थिइन् । त्यसपछि प्रहरीले किशोरीको घर गएर कामबाट फर्किनासाथ उनका पितालाई पक्राउ गरेको छ । घटना दिल्लीनजिकै नोएडाको हो । बालिकाले आफूले सहनै नसकेर उजुरी गर्न आएको बताएकी थिइन् । किशोरीले प्रहरीलाई तुरुन्तै आफ्ना पितालाई पक्राउ नगरे आफूले आत्महत्या गर्ने बताएकी थिइन् । पिता पक्राउ परेपछि किशोरीले घरमा आफ्ना भाइहरु पनि भएकोले घरखर्च चलाउन कठिन हुने भए पनि आफैंले मेहनत गरेर घरखर्च चलाउने बताइन् ।

तिर्सना बुढाथोकीको उत्तेजीत भिडियो भाइरल , अब त अति भयो !

काठमाडौँ । मोडलका नामले चिनिने तिर्सना बुढाथोकीको अर्को भिडियो प्रति फेरि आलोचनाका स्वरहरू उर्लिएका छन्। सामाजिक सन्जालमा हालै उनले राखेको भिडियोको सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढ्दो छ।
रमाइलो गर्नुपर्छ भन्दै उनले अङ्ग प्रदर्शन गरेको भिडियो फेसबुकमा भाइरल बनेको हो। लाइभमा उनको अभिव्यक्त अर्धनग्न पहिरन हाम्रो जस्तो समाजका लागि अति भयो भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिका टिप्पणी गरेका छन्।
चर्चा कमाउँने होड मात्रै हो की बाध्यता कतिको मनमा यो प्रश्न समेत उठेको छ। विगत देखिनै आलोचना खेप्दै आएकी तिर्सनाको यसपटकको प्रस्तुतिले झनै आलोचना बढेको हो।
दिपा शर्मा नाम गरेकी प्रयोगकर्ताले फेसबुकमा लेखेकी छन् , अब त अति भयो ,जहिल्यै यतिकै छाडा छोड्ने हो कारबाही हुन्न सरकार ?
फोटो अश्लिल भए पनि पोष्ट नगरी रहन सकिएन।

विमल अधिकारीको लोकदोहोरी गीत ‘तिम्रै अभाव’ (भिडियो सहित)

banner

काठमाडौं । विमल अधिकारीको ‘तिम्रै अभाव’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ।

गायिका विष्णु माझी र गायक भगवत गिरीको स्वरमा सजिएको उक्त गीतको शब्द सिर्जना विमल अधिकारीले गरेका हुन्।

भावना म्युजिक सोलुसनले उत्पादन तथा वितरण गरेको उक्त लोकदोहोरी गीतको लय सिर्जना अमित बावु रोकायको रहेको छ।

उक्त म्युजिक भिडियोको अभिनय पनि मोडल विमल अधिकारी र शाया भण्डारीले नै गरेका छन्।

राजेश घिमिरेको छायांकन रहेको ‘तिम्रै अभाव’ बोलको लोक दोहोरी म्युजिक भिडियोको सम्पादन अमर शाक्यले गरेका हुन् भने निर्देशन कपिल लामाले गरेका हुन्।

माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

१३ असोज ( रासस ) – माटाको ढिस्कोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दाङ राप्ती गाउँपालिका–४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र चार वर्षीया रेजिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । राप्ती गाउँपालिका–४ डोलैखोलामा घर लिप्नलाई माटो लिन गएका वेला माटोको ढिस्कोले पूर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिनुभयो ।

नेपालगञ्जमा फुटपाथ पसल हटाइदै

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान शुरु गरिएको छ।

सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि उपमहानगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान शुरु गरिएको हो।

सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएपछि उपमहानगरपालिकाले अभियान शुरु गरेको उपमहाननगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिए। “जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन शुरु गरेका हौँ”, उपप्रमुख थापामगरले भने।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन उपमहानगरपालिकाले एक हप्तादेखि सार्वजनिक सूचना जारी गरी माइकिङसमेत गरे पनि अटेर गरेपछि हटाउन शुरु गरिएको उनले बताए। फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन शुरु गरेपछि पैदलयात्रु तथा स्थानीय पनि हर्षित भएका छन्।

उपप्रमुख थापामगरले भने, “पैदलयात्रीले सहजरूपमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान शुरु गरेका हौँ ।”

फुटपाथ अतिक्रमण गरी अव्यवस्थित रूपमा राखिएको ठेलाका कारण पैदलयात्रुलाई हिँड्नसमेत कठिनाइ भएकाले अभियान शुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बताए। उनले भने, “फुटपाथ पसलका कारण दुर्घटनासमेत निम्त्याउन थालेपछि यसलाई हटाउन शुरु गरेका हौँ ।”

नेपाल-भारतका दुई मन्त्रीले गरे जानकी मन्दिरमा सामुहिक पूजाअर्चना

धनुषा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले आज संयुक्त रुपमा जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।

जानकी मन्दिरको दर्शन तथा पूजाअर्चनापश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पेट्रोलियम मन्त्री प्रधानले भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रियोस् भन्ने चाहेको बताए। उनले नेपाली जनताको सुविधाका लागि निर्वाध रुपमा पेट्रोल पठाउन मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र गतिमा भइरहेको बताए।

उनले भने, ‘अहिलेसम्म ट्याङ्करमार्फत तेल आयात भइरहेको छ। प्राकृतिक विपद्को बेला पेट्रोलियम पदार्थ आयात गर्न समस्या हुन्छ। त्यसैले भारतीय आयल कर्पोरेशनको ३२२ करोड भारतीय रुपैयाँको लगानीमा पाइप लाइन निर्माण भइरहेको छ।’

नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेको उक्त ६९ किलोमिटर पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको समीक्षा गर्न आफू नेपाल भ्रमणमा आएको उनले बताए। मन्त्री प्रधानले पाइपलाइनबाट तेल आउन थालेपछि भारत र नेपालको सम्बन्ध अझै उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरे।

उद्योगमन्त्री यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि पेट्रोलियम पदार्थका क्षेत्रमा देखिएका समस्या र झन्झट हट्ने दाबी गरे। अन्तर्राष्ट्रियस्तरको परियोजनाका रुपमा सबैभन्दा पहिले अमलेखगन्ज–मोतिहारी पाइपलाइनको काम सम्पन्न हुने मन्त्री यादवको भनाइ छ।

उनले भे, ‘तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि अहिले जुन गतिमा काम भइरहेको छ। यसले एक वर्षमा पाइपलाइन निर्माणको काम सम्पन्न हुन्छ।’ उनले पाइपलाइनबाट तेल आउन थालेपछि सबै प्रकारको झमेलाबाट मुक्त हुनुको साथै पेट्रोलियम पदार्थको मूल्यसमेत घट्ने बताए।

मन्त्री यादवले ग्यास आउने पाइपलाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए।जनकपुर आउनुअघि दुवै मन्त्रीले धनुषाको धनुषाधाममा ‘चालक तालीम केन्द्र’को उद्घाटन गरेका थिए।

क्यान्सर, मधुमेह, रुघाखोकी देखि मोटोपना घटाउनका लागि अति उपयोगी औषधी : अदुवा !



अदुवालाई हामी तरकारीमा मिसाएर प्रायोग गर्ने गर्छौं । यसले खानको स्वाद बढाउन मद्धत गर्छ । यो स्वास्थ्यको हिसाबले पनि निकै लाबदायक छ । यसलाई हामी विभिन्न समस्याहरुले सताउँदा औषधीको रुपमा प्रयोग गर्न सक्छौं ।

अदुवाले पुर्याउने फाइदाहरु यस्ता छन् :

१) अदुवा सेवनले पाचन क्रिया सक्रिय रहने र खाना सजिलै पच्ने हुन्छ ।

२) अदुवाको रस पिउँदा रगत सफा हुने र छालामा चमक ल्याउँछ ।

३) पिम्पल्स र इन्फेक्सनबाट अनुहारलाई जोगाउँछ ।

४) अदुवा पानीको नियमित सेवनले रगमा चिनीको मात्रा नियन्त्रण गर्छ साथै अदुवा सेवनले साधारण मानिसलाई मधुमेह हुनबाट पनि जोखाउँछ ।

५) मोटोपन कम हुन्छ । अदुवालाई नियमित सेवन गर्नाले शरीरको अतिरिक्त बोसो नष्ट हुन्छ ।

६) अदुवामा क्यान्सरसँग लड्ने तत्व हुन्छ । जसको कारण पनि फोक्सो कलेजो, छाती, छाला र आमाशयको क्यान्सरबाट बच्न सकिन्छ ।

७) हरेक दिन यसको प्रयोग गर्दा रुघाखोकी र भाइरल संक्रमणबाट जोगिन मद्दत पुग्छ ।

८) यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउँछ र गिजा सम्बन्धी समस्याबाट टाढा राख्छ ।

यूएन महासभामा पाकिस्तानमाथि भारत आक्रामक



एजेन्सी । पाकिस्तान र भारतबीचको द्वन्द्वले राष्ट्रसंघको महासभामा पनि प्रवेश गरेको छ। भारतीय विदेशमन्त्री सुषमा स्वराज पाकिस्तानमाथि आक्रामक रुपमा वर्षिन्।

उनले पाकिस्तानले आतंकवादलाई प्रसय दिएको भन्दै राष्ट्रसंघले आतंकवादको परिभाषा बदल्नुपर्नेसमेत बताइन्।

उनले भनिन्, ‘सेप्टेम्बर ११ को मास्टर माइण्ड ओसोमा विन लादेनलाई पाकिस्तानले नै लुकाएको सार्वजनिक भएको छ, तर मुम्बई आक्रमणको मास्टरमाइण्ड पाकिस्तानमा चुनाव लडिरहेको छ।’ उनले पाकिस्तानी धर्म गुरु हफि सइदलाई आतंकवादी भनेकी थिइन्।

यद्यपी पाकिस्तानले हफिजलाई आतंकवादी नभएको जिकिर गर्दै आएको छ। उनले आतंकवाद र चलवायू परिवर्तन विश्वका लागि सबैभन्दा ठूलो चुनौतीरहेको समेत बताइन्।

सुषमाले राष्ट्रसंघमा समेत पाकिस्तानको आलोचना गरेपछि यी दुई परम्परागत दुस्मन मुलुकको सम्बन्ध कुन हदसम्म खराब भएको छ भन्ने देखिएको छ।

न्यूयोर्कमै सार्क राष्ट्रका विदेशमन्त्री स्तरीय बैठक पनि भारतीय विदेशमन्त्रीका कारण असफल भएको थियो। त्यहाँ पनि भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानको आलोचना गरेकी थिइन्।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सार्कसमेत संकटमा परेको छ। भारत पाकिस्तानलाई विश्व समूदायबाट अलग्याउने प्रयासमा छ। उसले यसका लागि सार्कको विकल्पमा विमस्टेकलाई चलायामान बनाउने प्रयास गरिरहेको छ। विमस्टेकमा सार्कको पाकिस्तान र अफगानिस्तानबाहेक अन्य देश छन्।

सावधान ! माइक्रोवेभको खाना खानु स्वास्थ्यका लागि खतरनाक



माइक्रोवेभको प्रयोगले गर्दा स्वास्थ्यमा आउने अन्य समस्याहरु यस्ता छन् :

१) रोग प्रतिरोधात्मक क्षमतामा कमी : नियमित रूपमा माइक्रोवेभमा पकाएको खाना खानाले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने गर्छ । परिणामस्वरूप, शरीरले विभिन्न व्याक्टेरिया वा जीवाणुका कारण हुनसक्ने संक्रमणलाई रोक्न सक्दैन व्यक्तिलाई विभिन्न रोगको संक्रमण हुने गर्दछ ।

२) पौष्टिकता नष्ट हुन्छ : माइक्रोवेभमा खाना पकाउने तथा तताउनाले खानाको पौष्टिकता ६० देखि ९० प्रतिशतसम्म कम हुने गर्छ । खाद्यान्नको संरचनामा नै परिवर्तन हुने भएकाले यस्ता खाना खानाले फाइदाको सट्टा हानि पुर्‍याउने गर्छ

३) क्यान्सरको खतरा : माइक्रोवेभबाट उत्पन्न हुने विकीरणले दूध तथा दालमा क्यान्सरजन्य तत्वको निर्माण गर्छ । यसमा पकाइएको खानेकुुरा खानाले रगतमा क्यान्सरको कोशिकाको संख्या बढ्ने गर्छ ।

४) पाचन समस्या : माइक्रोवेभमा खाना पकाउदा खाना चाँडै पाक्नुका साथै कम समयमै खाना तातो त हुन्छ तर यसबाट उत्पन्न हुने हानिकारक विकीरणले खाद्य पदार्थमा यस्तो परिवर्तन गराइदिन्छ कि मानिसको पाचन प्रणालीमा गडबडी देखा पर्छ ।

५) चाउरीपना तथा बुढ्यौली निम्त्याउँछ : माइक्रोवेभमा कम समयमा खाना पाक्छ । जसका कारण खाद्य पदार्थको पौष्टिकता नष्ट हुने गर्छ । यस्ता खाद्य पदार्थको सेवनले असमयमै अनुहार चाउरी पर्नुका साथै समयअगावै बुढ्यौली निम्तने गर्छ । यसमा बनाएको खाना खानाले छाला सम्बन्धी क्यान्सर हुने खतरा वृद्धि हुन्छ ।

६) मस्तिष्कको लागि हानिकारक : माइक्रोवेभमा पकाएको खाना खाने व्यक्तिको मस्तिष्कमा समेत यसले प्रतिकूल प्रभाव पार्छ । यसले मानव मस्तिष्कमा अल्पकालीन तथा दीर्घकालीन प्रभाव पार्ने गर्छ ।

७) हर्मोनको गडबडी : माइक्रोवेभमा बनाएको खानाको सेवनले हर्मोन सम्बन्धी समस्या निम्तने गर्छ । माइक्रोवेभमा बनाएको खाना खानाले हर्मोनको निर्माण प्रक्रियामा असर पर्छ । यसले महिलालाई मात्र नभई पुरुषको हर्मोनलाई समेत प्रभावित पार्छ ।

८) एकाग्रताको कमी : नियमित रूपमा माइक्रोवेभमा बनाएको खानाको सेवन गर्नाले व्यक्तिको स्मरण शक्ति, एकाग्रता तथा वौद्धिक क्षमतामा प्रतिकूल असर पर्छ । विशेषगरी यसबाट आउने विकीरणकै कारण व्यक्तिमा एकाग्रताको कमी हुनुका साथै भावनात्मक अस्थिरता कायम हुने गर्छ ।

सरकारलाई काँग्रेसको चेतावनी, ‘बलात्कार, हत्याहिंसा र महङ्गी नियन्त्रण नगरे आन्दोलन गर्छौं’



बुटवल । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा तथा महङ्गी बढ्दा सरकार संवेदनशील नदेखिएको आरोप लगाए।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सरकारले हत्या, हिंसा र बलात्कारका आरोपीलाई कारवाही गर्न नसकेको आरोप लगाए। उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिले कारवाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरे।

ओंठमा कोठी हुने मानिस हुन्छन् यौनका प्यासी, जान्नुहोस् कुन ठाँउमा कोठी हुने कस्ता हुन्छन् ?

एजेन्सी । मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु रहि आएको पाइन्छ । कतिपयले शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ । हाम्रो शरीरमा कस्तो ठाउँमा आउने कोठीले कस्तो प्रभाव पार्छ जानौं ।
दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । तर आँखाबाट झरेको आँशुले स्पर्श गर्ने ठाउँमा कोठी भएका मानिसहरु भने भाग्यशाली नहुने ज्योतिष विश्वास रहेको पाइन्छ ।
बायाँ आखाँको ढकनीमा कोठी हुनेहरुको वैवाहिक जीवन सुखी नहुने बताइन्छ । त्यसै गरी निधारमा कोठी हुनेलाई वलमान मान्ने गरिएको छ । पुरुषको चिउँडोमा कोठी छ भने उसले श्रीमतीलाइ माया नगर्ने बताइनछ । दाहिने गालामा कोठी हुने मान्छे धनी हुने, वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।
त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने बताइन्छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो भएको विश्वास लिइन्छ ।

मन्त्री लम्साल भन्छन्, ‘वन व्यवस्थापनसम्बन्धी नीति चाँडै लागू गर्छौं

नवलपरासी। गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले वन व्यवस्थापनसम्बन्धी नीति निर्माण गरी चाँडै लागू गर्ने बताएका छन्।

पूर्वी नवलपरासीको कावासोती–२ स्थित नवदुर्गा सामुदायिक वनको आज अवलोकन गर्दै मन्त्री लम्सालले हरेक सामुदायिक वनसहित राष्ट्रिय वनलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताए।

अझै पनि काठ विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको बताउँदै मन्त्री लम्सालले वनलाई व्यवस्थित गर्न सकेमा नेपाल काठमा आत्मनिर्भर रही विदेशमा समेत निर्यात गर्न सक्षम हुने बताए।

प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले उपभोक्ताको पहलमा नै वन संरक्षण गर्न सकिने भएकाले भावी सन्ततिका लागिसमेत वन संरक्षण आवश्यक भएको बताए। नवदुर्गा सामुदायिक उपभोक्ता समितिका सदस्यले वनबाटै काठको सहज आपूर्ति भएको बताए।

ऋषि धमलाको चलचित्र ‘अनुराग’ हेर्न टिकट नपाएर दर्शकले गरे नाराबाजी (भिडियो)


काठमाडौं। देशभर प्रदर्शनमा रहेको ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ हेर्न सिनेमाहलहरुमा घुईंचो लागेको छ। आज काठमाडौंका विभिन्न हलहरु फुल नै भए जसकारण चलचित्र हेर्न नपाएको भन्दै केहिले गुनासो समेत गरेका थिए। गोपिकृष्ण मुभिज अगाडि फिल्म हेर्न आएका दर्शकले नाराबाजिनै गरेका हुन्।

चलचित्र हेर्न हलमा पुगेका दर्शकहरु उत्साहित बनेका देखिन्थे । उनीहरुले चलचित्र राम्रो बनेको संक्षिप्त प्रतिक्रिया दिएका छन्। दर्शकहरुले अनुरागको लागि ‘शो’ हरु अझै बढाउनुपर्ने माग गरेका हुन्।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो। पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ। एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ। सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

(भिडियो)

बाँसबारीमा भीषण आगलागीः आधा दर्जन दमकल प्रयोग गरी आगो नियन्त्रण (भिडियो)



काठमाडौँ । शनिबार साँझ काठमाडौं चक्रपथ नजिकै बासबारीस्थित टायल एवं हार्डवेयर गोदाममा आगलागी हुँदा गोदाम पूरै नष्ट भएको छ।

साँझ करिव ७ बजे लागेको आगो करिब २ घण्टाको संघर्ष पछि ९ बजे राती नियन्त्रणमा आएको थियो। महाराजगञ्जस्थित अष्ट्रेलियन एम्बेसी नजिकै मुल सडक छेउमै आगो लागेको हो।

क्षतिको यकिन विवरण आएको छैन। मानवीय क्षती छैन। आधा दर्जन बढी दमकलको परिचालनमा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्।

गोदाममा धेरैजसो शौचालय निर्माण सामग्री थिए। पारलमा बेरिएका टायलजन्य सामग्री पूरै जलेका छन्।

(भिडियो)

श्रीमतीसँग पहिलोपटक सेक्स गर्दा श्रीमान ५ दिनदेखि बेहोस, हालत देख्दा डाक्टरकै होस उड्यो



म्यान्चेस्टर। डाक्टरको सहयोगमा पहिलो पटक श्रमितीसँग यौन सम्बनध बनाउन सक्षम भएका व्यक्तिको अवस्था गम्भीर भएको छ । ४५ वर्षका एन्ड्रयु वार्डन जन्मिँदा नै लिंग बिना जन्मिएका थिए । इङल्याण्डका डाक्टरहरुले सफल सर्जरीपछि उनको शरीरमा कृत्रिम लिंग जडान गरेका थिए । एन्ड्रयु निकै खुसी थिए कि उनी पहिलोपटक श्रीमतीसँग यौन सम्बन्ध बनाउन सक्न्ेछन् । तर छिट्टै उनको यो खुसी पीडामा बदलिएको छ ।

एन्ड्रयुकी श्रीमतीका अनुसार पहिलोपटक सेक्स गरेको भोलिपल्ट उनी भुइँमा बेहोस भेटिएका थिए । उनकी श्रीमतीले उनलाई तत्काल इमरजेन्सी नम्बरमा फोन गरेर अस्पताल लगिन् । एन्ड्रयु ५ दिनदेखि बेहोस छन् । यस बीचमा उनलाई होश आए पनि उनी बान्ता गरेर फेरि बेहोस भएका छन् । उनको उपचारमा संलग्न डाक्टरको उनको हालत देख्दा होस उडेको छ । उनीहरुले बुझ्न सकिरहेका छैनन् कि उनको यो अवस्था कृत्रिम लिंगको कारणले भएको हो वा होइन । किनकि श्रीमतीसँग सेक्स गर्नुपूर्व उनको लिंगमा कुनै खराबी थिएन र अहिले पनि लिंगको अवस्था ठिक छ तर उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएको छ । एन्ड्रयुकी पत्नीले भने यो सबै कृत्रिम लिंगका कारण नै भएको मान्छिन् । तर डाक्टरहरुले यसको पुष्टि गर्न सकिरहेका छैनन्

चिसापानीको कर्णाली पुलमुनी अज्ञात व्यक्तिको शव फेला

धनगढी । कैलालीको टीकापुर नगरपालिका–८ सत्ती बजार नजिकको कर्णाली नदीमाथि बनेको पुलमुनि आज एक व्यक्ति मृत फेला परेका छन्।

पुलमुनिको ‘पिलर’मा रहेको झ्याङमा अड्किएर पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ४२ वर्षीय एक व्यक्ति मृत फेला परेकामा मृतकको सनाखन हुन नसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। शव टीकापुर अस्पतालमा राखिएको छ।

अभिनेत्री रेखामाथि पनि भएको थियो सेक्सुयल ह्यारसमेन्ट

एजेन्सी । तनुश्री दत्ताले एक्टर नाना पाटेकरमाथि सेक्सुयल ह्यारसमेन्ट गरेको आरोप लगाइन्। हर्न ओके प्लीज (२००९) फिल्मको सेटमा नानाले तनुश्रीमाथि यस्तो यौन हिंसा गरेको उनको आरोप छ। तर नानाले भने यो आरोपको खण्डन गरेका छन्।

बलिउडमा तनुश्रीमात्र एक्ली यस्तो पीडित कलाकार होइनन्। यहाँ अन्य दिग्गज महिला कलाकारमाथि पनि यस्तो घिनलाग्दो घटना भएको छ। वरिष्ठ अभिनेत्री रेखामाथि पनि ४९ वर्ष पहिला यस्तै एक घटना भएको थियो। त्यो बेला डाइरेक्टरको निर्देशन विना नै एक एक्टरले रेखाको ओठमा ५ मिनेट चुम्बन गरेका थिए। रेखाका लागि यो घटना कुनै सेक्सुयल ह्यारसमेन्टभन्दा कम थिएन।

यासेर उस्मानको किता रेखाः द अनटोल्ड स्टोरीमा यो घटनालाई उल्लेख गरिएको छ। १९६९ मा बनेको फिल्म अनजाना सफरको शूटिंगका क्रममा रेखामाथि यो घटना भएको थियो। मुम्बईको महबुब स्टूडियोमा डाइरेक्टर राजा नवाथेको यस फिल्मको शूटिंग भइरहेको थियो। फिल्मको पहिलो शेड्युलमा कुलजित पाल, राजा र विश्वजितले रेखाका लागि एक प्लान बनाएका थिए। त्यो दिन रेखा र विश्वजितबीच रोमान्टिक सिन शूटिंग गर्नुपर्ने थियो।

डाइक्रेटर राजा नवाथेले एक्सन भन्नसाथ विश्वजितले १५ वर्षकी रेखालाई अँगालोमा लिए र चुम्बन गर्न लागे। सो किताबका अनुसार रेखाको यो पहिलो किसिंग सिन हो। विश्वजितले चुम्बन गर्न शुरु गरेपछि रेखा भने वाक्क भएकी थिइन्। यस चुम्बनका बारेमा उनलाई केही थाहा थिएन। तर यो बीचमा न डाइरेक्टरले कट भने न विश्वजितले चम्बन गर्न छोडे।

पूरा पाँच मिनेटसम्म विश्वजितले रेखालाई किस गरे। यस क्रममा त्यहाँ रहेका फिल्म यूनितका मेम्बर सिटी बजार मजा लिइरहेका थिए। रेखाका आँखा बन्द थिए। तर, आँखाबाट निस्किरहेका आँशु भने मजाले देखिन्थे।

विश्वजितले आफ्नो यो किस सिनमा सफाई दिँदै यसमा आफ्नो कुनै गल्ति नभएको बताएका थिए । उनले डाइरेक्टरको भनाईअनुसारै आफूले यस्तो गरेको दावी गरेका थिए। यो किस काण्डपछि रेखाको नाम विश्वजितसँग जोडिएको थियो।

रवि लामिछाने कोरियाबाट अचानक किन गए हङकङ? (हेर्नुहोस् भिडियो)



काठमाडौँ । नेपालका चर्चित सञ्चारकर्मी तथा सामाजिक अभियान्ता रवि लामिछाने अचानक हङकङ पुगेका छन्। उनको असोज १४ गते आइतवारका दिनमा हङकङमा कार्यक्रम तय भए पनि हङकङले भिसा नदिंदा उनको कार्यक्रम हुने भन्दा पनि हुन्न कि भन्नेमा थियो।

उनको विशेष उपस्थितिमा हाईक फर हेल्थ नामक कार्यक्रम तय भएको थियो। तर अन्तिम क्षणमा मात्र भिसा दिएपछि आयोजकको दौडधुप बढेको थियो। जापानपछि दक्षिण कोरिया पुगेका रवि लामिछानेसम्म हङकङ प्रवेशको भिसा पुर्याउन अन्तिम क्षणमा आयोजकलाई निकै पापड पेल्नु परेको थियो।

(हेर्नुहोस् पूरा भिडियो)

काठमाडौंको बाँसबारीस्थित टायल गोदाममा आगलागी, विवरण आउँन बाँकी



काठमाडौं । काठमाडौंको बासबारीस्थित टायल गोदाममा आगलागि भएको छ । आज साँझ करिब ७ बजे आगलागि भएको हो ।

आगो नियन्त्रणको आइसकेको प्रहरीले जनाएको छ । महाराजगञ्जस्थित अष्टेलियन एम्बेसी नजिकैको टायल गोदममा आगलागि भएको हो । क्षतिको विवरण आउँन बाँकि छ ।

झलनाथ खनाल भन्छन्, ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र’



काठमाडौं। सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘अनुराग अहिलेसम्मकै उत्कृष्ठ चलचित्र रहेको बताएका छन्। त्यस्तै प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताएकी छन्।

शनिबार कमलपोखरीस्थित् सिटी सेन्टरको ‘बिग मुभिज’ अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकार धमलाले बनाएको चलचित्र ‘अनुराग’ सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको पनि बताए।

उनले भने, ‘अनुराग अत्यन्तै सवल चलचित्र बनेको छ। मैले हेरेको नेपाली चलचित्रमध्ये यो अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो। युवा पुस्ताहरुको त यसले पुरै मन जितेको छ।’ उनले ‘अनुराग’ सन्देशमूलक चलचित्र बनेको पनि दाबी गरे।

उनले थपे, ‘अनुराग उत्कृष्ट चलचित्र बनेको छ। यसमा के छैन् ? माया छ, प्रेम छ। कलाकारहरुको अभिनयमा जीवन्त पाएँ। नायिका एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ। म ऋषिजीसँग निकै खुशी छु।’

त्यस्तै प्रतिनिधि सभाका उपसभामुख तुम्बाहाम्फेले पनि अनुराग अत्यन्तै राम्रो चलचित्र बनेको जनाईन्। उनले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले भनेजस्तै यो चलचित्र अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो। यो चलचित्र सुपरहिट हुन्छ। सबै कलाकारहरुको अभिनय जीवन्त छ।’

हृदय विधारक दृश्य : जब ८० वर्षीय बृद्धले बिरामी पत्नीलाई ठेलामा घचेट्दै अस्पताल पुर्याए

एजेन्सी । एउटा यस्तो हृदय विधारक दृश्य भाइरल भएको छ, जुन दृश्यले संसारकै ध्यान तानेको छ।

भारतको मध्य प्रदेशको गुना भन्ने ठाउँमा हृदय विधारक दृश्य देखा परेको छ। जहाँ लक्ष्मण नाम गरेका ती ८० वर्षीय बृद्धले आफ्नी बिरामी पत्नीको उपचारका लागि ठेला गाडामा राखेर घचेट्दै अस्पताल पुर्याएका छन्।

पत्नीको खुट्टामा गम्भीर चोट लागेपछि उनी थला परिन्। त्यसपछि श्रीमानले ठेलामा हालेर धकेल्दै अस्पताल ल्याएका हुन्। उनले पत्नीलाई ठेलामै राखेर वार्डमै पुर्याएका थिए। तर अस्पताला यस्तो दृश्य हेर्नेको भिड भएपनि उनलाई सघाउन भने कोही पनि आएनन्।

अहिले यी वृद्धले ठेलामा राखेर श्रीमतीको उपचारका लागि अस्पताल ल्याएको एक भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ। भिडियोमा देखिए अनुसार वृद्धको ठेला धकेल्न एक जना गाउँलेले सहयोग गरेका छन्। भारत मध्यप्रदेशमा रहेको गुना जिल्लाको एक अस्पतालमा शुक्रबार उक्त घटना भएको हो।

नांगो तस्वीर प्रकाशित भएपछि गायिका लक्ष्मी आचार्यलाई गालीको ओइरो

काठमाडौं । शुक्रबारको नामको साप्ताहिक पत्रिकाको कभर पेजमा नांगो तस्वीर प्रकाशित भएपछि सामाजिक सञ्जालमा गायक तथा मोडल लक्ष्मी आचार्यको निकै आलोचना भएको छ।

गएको शुक्रबारको अंकमा लक्ष्मीको तस्वीर कभर पेजमा छापिएको थियो। उनको तस्वीर नेपाली संस्कृति र वर्तमान अवस्थामा समाजले स्वीकार गर्न नसकिने किसिमको थियो।

यो तस्वीर प्रकाशित भएपछि लक्ष्मीले भने त्यसको दोष पत्रिकालाई दिएकी छन्। उनले आफ्नो अनुमति नलिएर फोटोशप गरेर तस्वीर प्रकाशित गरेको स्पष्टिकरण दिएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमाफर्त स्पष्टिकरण दिए पनि फेसबुक प्रयोगकर्ताले भने उनको निकै आलोचना गरेका छन्।

एक जना गिरिस रिजाल समिप नाम गरेका फेसबुक यूजरलले लक्ष्मीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आफू तयार नभइ त क्यामेरा ले कैद गरेन होला अनि तिमिले अनुमति नलि साप्ताहिक ले छापेन होला नि।’

यस्तै अर्का फेसबुक यूजर जिपी भट्टराईले लेखेका छन्, ‘थुक्क कलंक आइमाई। तँलाई जन्माएकोमा तेरी आमालाई कति पश्चाताप भएको होला।’
सामाजिक सञ्जालमा निकै आलोचना भएपछि लक्ष्मीले त्यसको जवाफसमेत दिएकी छन्।

उनले फेसबुकमा जवाफ दिएकी छन्, ‘मलाई त्यो आकाश बन्न मन छ… जसलाइ माथी हेरेर त थुक्छन…तर छिटा उनिहरुकै मुहारमा पर्छ।’

लोकतान्त्रिक मूल्य मान्यताका लागि काँग्रेस एक हुनुपर्ने सभापति देउवाको जोड

काठमाडौँ । नेपाली काङ्ग्रेसका शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि पार्टीका सबै नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नेपाली काङ्ग्रेस अछाम–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘जय नेपाल’ स्मारिका विमोचन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले पार्टी अनुशासित नभए लोकतन्त्र विरोधी शक्तिसँग लड्न नसकिने बताए।

काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वाम शक्ति लोकतान्त्रिक मान्यताविपरीत जान सक्ने सङ्केत देखिएकाले दलका नेता कार्यकर्तामा एकता आवश्यक रहेको बताए। काङ्ग्रेसको नेतृत्वमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र बैंकिङलगायत क्षेत्रमा भएका उपलब्धि लिएर जनतामाझ जानुपर्ने उनको भनाइ थियो।

काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले राष्ट्रिय अन्तर्राष्ट्रिय मातृ संस्थाको निर्देशनमा एक भएका वाम दलले मतपत्रमार्फत बन्दुक शासनको अभ्यास गर्न खोजेको आरोप लगाए। सुदूरपश्चिम प्रदेशको राजधानी तोक्ने क्रममा प्रमुख प्रतिपक्षी दलको उपस्थितिको आवश्यकता महसुस नगरी जग्गा व्यापारीसँगको मिलेमतोमा काम भएको उनको भनाइ थियो।

कार्यक्रममा काङ्ग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, काङ्ग्रेस अछामका सभापति भरतकुमार स्वाँर, सांसद अम्बिका थापा कुँवर, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्वसांसद अक्कलबहादुर विष्ट, सम्मानित व्यक्तित्व सहप्राध्यापक भैरवबहादुर विष्ट, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य चन्द्र विक, सम्पर्क समितिका अध्यक्ष यज्ञराज उपाध्याय लगायतले अछाममा प्रहरीको गोली आँखामा चोट लागी विद्यार्थी अरविन विष्टमाथि भएको घटनाको छानविन गर्न माग गरेका थिए।