गोरखा । गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा अहिलेसम्म १५ किलो सुन खर्च भएको छ । त्यतिले पनि मन्दिरको छानामा सुनको जलप लगाउन नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको छ ।
‘अहिले सम्म १५ किलो सुन खर्च भइसक्यो,’ जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘तीन किलो सुन नपुगेर काम रोकिएको थियो, अहिले सुन ल्याइसक्यौं, काम पनि भइरहेको छ ।’
मन्दिर जीर्णोद्धारका लागि पुरातत्व विभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो । समितिले भक्तजनबाट संकलित रकमबाट थप आठ किलो सुन खरिद गरेर छाना बनाउने काम भइरहेको थियो । तर त्यसले पनि अपुग भएपछि तीन किलो सुन खरिद गरिएको श्रेष्ठले बताए ।
यसअघि मन्दिरको छानामा मात्र सुनको जलप लगाउने निर्णय भएको थियो । तर काम गर्दे जादा मूलढोका, कंकालको मूर्ति, तोरण र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने निर्णय भएको उनले जानकारी दिए ।
सुन खरिदका लागि करिब दश करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । हालसम्म मन्दिर जीर्णोद्धारमा १३ करोड रुपैयाँ खर्च भइसकेको समितिको हिसाब छ । ‘पैसाको अभाव छैन, भक्तजनबाटै आठ करोड रुपैयाँ उठेको छ, स्थानीयले पनि सहयोग गरेका छन्,’ उनले भने ।
मन्दिर जीर्णोद्धारको काम करिब ९८ प्रतिशत सकिएको छ । ‘स्ट्रक्चरको काम सकियो, एक हप्तामा सुनको जलप लगाउने काम पनि सकिन्छ,’ श्रेष्ठले भने । अब आँगनमा ढुङ्गा छाप्ने र छेउछाउमा पर्खाल लगाउने काम बाँकी छ । मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउन पुरातत्व विभागले बजेट स्टिमेट तयार गर्दैछ ।
दशैसम्ममा भक्तजनलाई मन्दिरबाटै पूजा गर्ने व्यवस्था मिलाउने गरी काम भइरहेको उनले बताए । रकम बाँकी रहे मन्दिरको पूर्वपट्टी भागमा धर्मशाला बनाउने योजना समितिको छ । भूकम्पअघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो । २०६८ सालमा पुनर्निर्माणका लागि करिब आठ करोडलागत इस्टमेट गरिएको थियो । मेष
मेषः–काम गर्ने जोश जागर घट्नेछैन । अधिकाँश अधुरा काम आफ्नै पहलमा सम्पन्न हुनेछन् । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा हुनेछ । ढिला सुस्ति र हेलचक्र्याई कुनै कुरामा पनि नगर्नु होला । बृष
वृषः– आफन्तबाट धोका हुन सक्छ,कुरा काट्ने काम पनि हुनेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । व्यापारबाट थोरै लाभ हुनेछ । मिथुन
मिथुनः– व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम प्रतिको चासो बढ्नेछ । आफ्नो उत्तरदायित्व वहन गर्न सक्षम हुनुहुनेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्न सक्छ । अनावस्यक खर्च घट्नेछ । सहयोग मिल्नेछ । कर्कट
कर्कटः– काम गरेर कमाउने भन्दा गुमाउने बढि हुनसक्छ समयमा सचेत हुनुहोला । अरुलाई विश्वास गरेर काम गर्नु वेकार हुनेछ । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । झुट्टा आरोप लाग्न सक्छ । सिंह
सिंहः– समयको सदुपयोग गर्नु होला । वित्तिय कारोवारबाट सन्तुष्टि मिल्नेछ । आम्दानीका नयाँ सम्भावना देखिने छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । पराक्रम बढ्नेछ । आयको केहि हिस्सा खर्च हुनेछ । कन्या
कन्याः– बोलीको भरमा काम हुनेछन् । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । गरेका कामबाट आय आर्जन बढ्नेछ । नोकरीमा स्थानान्तर र पेशा परिवर्तनको चाहान बढि हुनेछ । सामाजिक पहिचान बनाउन सफल हुुनुहुनेछ । तुला
तुलाः– समयमा सुधार आउनेछ । क्षीण भएका काम कुरा सम्भावनामा परिणत हुनेछन् । मानसिक तनावमा थोरै कमी आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा व्यस्तता बढ्ने छन् । बृश्चिक
वृश्चिकः–अनुकुल भन्द प्रतिकुल बढि देखिन्छ । चोटपटकको भय देखिन्छ सुरक्षित यात्रा गर्नु होला । दैनिक काममा अवरोध आउन सक्छ । मानसिक चिन्ता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्च बढ्नेछ । धनु
धनुः– समयमा कार्य सम्पादन गर्न सके उपलब्धि राम्रै हात लाग्न सक्छ । दैनिक काम काजमा प्रगति हुनेछ । व्यापार बढ्नेछ । दया मायामा कसैले काम गरिदिने छैनन । आफ्नो काम आफै गरे मात्र फल पाईनेछ । मकर
मकरः–प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । गरेका अधिकाँश कामसफल हुनेछन । काम गर्दा गोपनियता अप्नाउनु जरुरी देखिन्छ । काम गरे अनुुसारको प्रतिफल पाईनेछ । विना तयारी काममा नजानु होला । कुम्भ
कुम्भः– सन्तानका विषयमा टाउको दुखाउनु पर्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । समयमा सोच्न सक्नु भएन भने पछाडि पर्नु हुनेछ । व्यापार व्यवसायबाट खासै लाभ हुनेछैन । नोकारी तथा राजनीतिमा वितृष्ण जाग्नेछ । मीन
मीनः– विवाद नगरि काम गर्नु होला । विवाद गरेमा आफैलाई नोक्सान हुनेछ । घरयासी समस्या बढ्नेछन् । काम गरेर अपयश आउन सक्छ सतर्क भई गर्नु होला । शारीरिक शिथिलता बढ्नेछ । वोलीको प्रभावमा केहि काम हुनेछन् ।
2018-10-10
Previous Post:
लाइसेन्स बनेनबनेको थाहा पाउन यातायात कार्यालय धाउनु नपर्ने, एसएमएसबाट यसरी थाहापाउनुहाेस्….शेयर गर्नु होस ।Next Post:
यस्तो तरिकाले धान रोपाइ गर्ने कि ? नेपालमा पहिलोपटक मेसिनबाट रोपाइँ गरिँदै