Sunday, September 23, 2018

अमेरिका माथि चिनियाँ आक्रमण ! आतंकीत बन्दैं चीन

बेइजिङ । लामो समय देखि अमेरिका चीन सम्बन्धमा तितोपना देखिएको छ । चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ । रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको चिनियाँ राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ ।

चीनका उप–विदेशमन्त्री झेङ झेगुवाङले अमेरिकी राजदूत टेरी ब्रान्टाडलाई बोलाई सैनिक संगठनविरुद्ध प्रतिबन्धबारे शान्त एवम् औपचारिकरूपमा चीनका कुरा अमेरिकी प्रतिनिधिसँग राखेको ‘पिपुल्स डेली’को अनलाइन प्रकाशनमा उल्लेख छ ।

No comments:

Post a Comment