
झापा- दमक–३ स्थित डिपुमा १० बर्षे बालक टिकाराम धिमाल (भुईकटहरे) को घर निर्माणमा हालसम्म १० लाख २० हजार रुपैयाँ संकलन भइसकेको छ । करिब १५ लाखको लागतमा निर्माण हुने उक्त घरका लागि देशविदेशबाट सो रकम जुटेको हो ।
दमक–२ मा त्रिपालमा बस्दै आएका बाल गायक अशोक दर्जीका साथी भुईकटहरेको घर निर्माण तीब्र गतिमा अघि बढिरहेको छ । यसैसाताबाट सुरु भएको घर निर्माण कार्यका लागि आवश्यक थप रकम सहयोग गर्न भवन निर्माण समितिका संयोजक पूर्ण वाइबाले आव्हान गरेका छन् । तिहारअघि नै घर निर्माण गरिसक्ने गरी धिमाल परिवारलाई हस्तान्तरण गरिने उनको भनाई छ ।
No comments:
Post a Comment