घरमा गर्भवती कोही हुनुन्छ भने त बिशेष ख्याल गर्नुपर्ने हुन्छ कतिबेला के आईपर्न सक्छ त्यसकोलागी केही पैसा, आवश्यक मान्छेकोको फोन नम्बर ,हस्पिटल र एम्बुलेन्सको नम्बर लगाएतका थुप्रै तयारी त अवश्य नै गर्नुपर्ने हुन्छ साथै यी धार्मिक कुरा पनि ख्याल गर्नुभयो भने सुनमा सुगन्ध हुन्छपत्नी गर्भवती छन भने घरमा अवश्य राख्नुहोस यी मध्य कुनै १ चिज – निकै महत्वपूर्ण जानकारी छ पढ्नुहोस र अरुको जानकारीकोलागी सेयर गर्नुहोस आमा बन्ने अनुभब हरेक महिलाको लागि खास हुने गर्दछ । गर्भधारण देखी नै आमा बुवा आफ्नो सन्तानको लागि सपनाहरु बुन्न सुरु गर्दछन । उनिहरु आफ्नो सन्तान स्वस्थ, संस्कारी र दिर्घायु होस भनेर चाहन्छ्न यदी तपाईं पनि चाहनुहुन्छ भने वास्तुविज्ञान र धर्म ग्रन्थ भित्रका यी उपाएहरु जान्नुहोस
गर्भवती महिलाको कोठामा बाल गोपाल ( कृष्ण)को तस्बिर वा मूर्ति राख्नु निकै शुभ मानिन्छ यसो गर्दा बिहान उठ्ने बित्तिकै तस्बिर देखिन्छ र भगवानको छबी बच्चामा पर्ने मान्यता रहेको छ साथै आफुसँग मयुरको प्वाख पनि राख्नु पर्दछ । सकारात्मक किताबहरु पढ्नुहोस
गर्भवती महिलाको कोठामा रामायाण,श्रीमद्भागवत पुराण जस्ता किताबहरु राख्ने र पढ्ने गर्नु पर्दछ यसो गर्दा यसको शुभ अशर बच्चामा पर्दछ यस्ता बच्चा धेरैनै संस्कारी हुन्छन र यो पनि मान्यता रहेको छ कि यसरी नियमित पुस्तक पढ्नाले बच्चा भगवानको देख रेखमा पनि हुन्छन ।
स्वस्थ र हाँस्दै गरेको बच्चाको तस्बिर गर्भवती महिलाको कोठामा स्वस्थ र हाँस्दै गरेको बच्चाको तस्बिर लगाउनले पनि निकै राम्रो हुने मान्यता रहेको छ यो तस्बिरलाई सजिलै देख्ने गरी लगाउने गर्नुपर्दछ जसले गर्दा बच्चा निकै हसिलो र स्वस्थ जन्मिने विश्वाश रही आएको छ ।
वास्तुशास्त्र अनुसार गर्भवती महिलाको कोठामा पती पत्नीको मुस्कुराउदै गरेको तस्बिर राख्नुपर्दछ जसले महिला सधैं पोजेटिभ रहन्छिन जसले गर्दा बच्चा स्वस्थ जन्मिन्छ साथै कोठामा पहेलो चामल राख्नु पनि निकै राम्रो मानिन्छ ।
गर्भवती महिलाको कोठामा भगवान कृष्णको बासुरी र संख राख्नले पनि शुभ हुने मान्यता रहेको छ यसो गर्दा बच्चा शांत र हंसमुख हुने विश्वाश रहेको छ । यस्तै कोठामा तामाले बनेको कुनै बस्तु पनि राख्दा राम्रो हुने मान्यता रहेको छ । गर्भवती महिलाको कोठामा कहिल्यै पनि महाभारत, चक्कु छुरी ,सियो वा पिर मानेको तस्बिर राख्नु हुँदैन र यस्तो मान्यता पनि छ की गर्भवती महिलाले सियोको काम वा सिउने काम पनि गर्नुहुदैन ।
©joy गर्भवती महिलाले गाढा रङका कपडा लगाउनु हुँदैन साथै कोठामा पनि गाढा रातो , गाढा कालो जस्ता रङ लगाउनु हुँदैन बरु हल्का निलो ,हल्का पहेलो ,हल्का गुलाबी रङका कपडा लगाउनु पर्छ । किनभने गाढा रङले महिला डिप्रेशनको सिकार हुन सक्ने र बच्चामा यसको नराम्रो प्रभाब पर्न सक्नेहुँदा यी कुरा असाध्यै ख्याल पुर्याउनु होला ।-nagariksamachar
No comments:
Post a Comment