
महिलाहरूका लागि महिनावारी नियमित प्रक्रिया हो। सामान्यतया ः १० वर्षको उमेरबाट सुरु भई ५०–५५ वर्षसम्म महिनवारी चल्न सक्छ । कुन उमेरमा महिनावारी सुरु हुन्छ भनेर यकिन गर्न सकिन्न, हरेकको फरकफरक समयमा सुरु हुन सक्छ। यो समयमा धेरैलाई विभिन्नखाले समस्या देखापर्छन्। महिनावारीका समयमा के गर्ने के, नगर्ने र कस्ता समस्या आउन सक्छन् भन्ने विषयमा डा सुशीला वैद्यको सुझाव :
महिनावारी भनेको महिनामा एकपटक आउने नियमित प्रक्रिया हो । महिनावारी कुनै पनि महिला आमा बन्ने लक्षण हो । हरेक केटीमान्छे महिला बन्ने प्रक्रियालाई महिनावारी भनिन्छ । महिनावारी १० देखि १५–१६ वर्षको उमेरमा पहिलोपटक हुन्छ।
महिनावारी भएको पहिलो एक–दुई वर्ष नियमित महिनावारी नहुन सक्छ, त्यसलाई सामान्य मान्न सकिन्छ । यसलाइ महिनावारी गडबडी भएको भनेर बुझ्नुहुन्न । कति जनालाई पहिलोपटक भएर लामो समय नहुँदा चिन्ता लाग्ने गर्छ । तर त्यो सामान्य हो।
शरीरमा हुने पिट्युटरी ग्यालन, थाइराइड ग्यालन, ओभरी र युटरसजस्ता चार ग्यालनबाट उत्पन्न हुने हार्मोनले महिनावारी हुने गर्छ । शरीरमा हार्मोन ब्यालेन्स नभएसम्म नियमित महिनावारी हुँदैन । जब शरीरमा हार्मोन परिपक्क बन्छ तबमात्र महिनावारी नियमित हुन्छ।
महिनावारी भएको पहिलो दिन कसैले पेट अत्यधिक दुख्ने हुन्छ । महिनावारी हुने बेलामा पाठेघर खुम्चिने भएकाले पेट दुख्ने गरेको हो । ९९ प्रतिशतलाई महिनावारी हुनुअघिदेखि महिनावारी हुने बेलासम्म पनि पेट दुख्छ।
महिनावारी सुरु भएको एक–दुर्इ वर्षपछि नियमित हुने गर्छ । नियमित भनेको २८ देखि ३५ दिनभित्र महिनावारी हुनु हो । यसलाई नर्मल महिनावारी चक्र भन्ने गरिन्छ ।
२८ देखि ३५ दिनभित्र महिनावारी दुईपटक भएको खण्डमा वा ३५ दिन नाघेर भएमा गडबड भएको बुझ्नुपर्छ।
महिनावारी गडबडीका थुप्रै कारण छन् । स्कुल–कलेज पढ्ने किशोरीमा पहिलोपटक महिनावारी भएर अर्कोपटक ढिला भयो भने त्यसलाई गडबडी मानिँदैन । हार्मोन ब्यालेन्स नभएका कारण यस्तो हुनुलाई सामान्य मान्न सकिन्छ।
तर, नियमित महिनावारी हुने महिलामा गडबडी भयो भने के कारणले भयो भनेर खोजी गर्नुपर्छ।
कलेज वा स्कुल पढ्ने किशोरीहरूमा पढाइ र परीक्षाको तनावले पनि महिनावारी गडबड हुन सक्छ । तनावले हार्मोन तलमाथि हुँदा महिनावारी गोलमाल हुन्छ । महिनावारी सुक्ने बेलामा पनि कतिपयमा समस्या देखिन्छ।
No comments:
Post a Comment