Saturday, October 6, 2018

चितवनमा १० वर्षीय बालक बेपत्ता, विद्यालय लगेको झोला र सर्ट नारायणी नदीमा फेला

चितवन, २० असोज । भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेलापरेको छ। प्रहरीले बालक नदीमा बेपत्ता भएको आशङ्का गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भानु माध्यमिक विद्यालयमा गएका बालक बेपत्ता भएपछि खोजीकार्य थालिएको थियो। झोला र सर्ट नदी किनारमा फेला परेपछि नदीमा खोजी कार्य शुरु गरेको प्रहरीले जनाएको छ । बालक भानु माविमा कक्षा ४ मा अध्ययनरत थिए।-internetkhabar

No comments:

Post a Comment