१९ वर्षकी सीनू कुमारीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ ।सीनू छिमेकी देश भारतको उत्तर प्रदेश र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको पेन्टीको नाम ‘रेप प्रुफ पेन्टी’ राखेको छ, यसमा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाट बचाउन सक्छ ।यसमा ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ । यो पेन्टी स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।’
पेन्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्ने उनले बताए । पुलिसका अलावा इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ । त्यसैले यो नम्बर सेट गरिएको उनि बताउछिन ।
उनले यो बनाउन लगभग ४ हजार भारु खर्च भएको बताउछिन । उनले आफैंले रिसर्ज गरेर पेन्टी बनाएको बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् ।
No comments:
Post a Comment