Tuesday, September 25, 2018

स्वस्थ्य र तन्दुरुस्त बच्चाका लागि गर्भधानअघि नै गर्नुपर्छ तयारी

बच्चा जन्मनुअघि स्वभाविक रुपमा कौतुहलता हुन्छ, मेरो बच्चा कस्तो होलान् ?

यसमा केही उत्साह मिसिएको हुन्छ, केही उमंग, केही भय पनि । भय किनभने, बच्चा सग्लो जन्मने हुन् होइनन् भन्ने कुराले ।किनभने कतिपय बच्चा जन्मदै रोग लिएर जन्मन्छन् । कति जन्मजात शारीरिक अशक्त हुन्छन् । त्यसैले अभिभावक चाहन्छन्, बच्चा सग्लो होस् । स्वस्थ्य होस् । राम्रो होस् ।

बच्चा कस्तो जन्माउने भन्ने कुरा तपाईं/हाम्रो हातमा छ । हामीले गर्भावस्थादेखि नै बच्चाका लागि उचित स्यहार सुसार गर्न सक्छौं ।

एक स्वस्थ गर्भावस्थाले स्वस्थ बच्चाको जन्मिने सम्भावनालाई बढाउँछ । बच्चा जन्मनुपूर्व नै उचित हेरचाह गर्नाले बच्चाको स्वास्थ्य राम्रो बनाउँछ ।

जन्मिनु पूर्वको हेरचाह के हो ?गर्भाधारणको पछि एक महिलालाई बच्चा जन्माउनु पहिले देखि नै स्वास्थ्यको हेरचाह गरिनुपर्छ । यस्तो हेरचाह कुनै महिलाले आफु गर्भवती भएको थाहा भएपछि गर्नु आवश्यक छ ।

आमा र भ्रुण दुवैको स्वास्थ्यको लागि प्रारम्भिक र नियमित जन्म पहिले चिकित्सककहाँ गएर चेकअप गर्नु पर्छ । यो धेरै महत्वपूर्ण हुन्छ ।

अनुसन्धान अनुसार जन्मपूर्वको हेरचाहले एक स्वस्थ गर्भावस्थामा सकरात्मक प्रभाव पर्छ । जुन महिलाहरुको गर्भावस्थामा बच्चा जन्मिनु पहिले हेरचाह हुँदैन उनीहरुबाट कम तौल भएका बच्चा जन्मिने सम्भावना तीन गुणाले बढी हुन्छ ।

गर्भवती महिलाले जन्म पहिलेको हेरचाहको अभावले शिशुको मृत्युको खतरा बढाउँछ ।

गर्भाधान पहिलेको हेरचाहगर्भधारण भन्दा पहिलेको हेरचाहले महिलाहरु गर्भवती हुन भन्दा पहिले नै स्वस्थ गर्भावस्थातर्फ कदम उठाउन मद्दत गर्छ । गर्भवती हुनभन्दा पहिले निम्न चरणहरुलाई अपनाएर महिला स्वस्थ गर्भावस्था र जन्मलाई सुनिश्चित गर्न मद्धत गर्न सक्छिन्ः

-आफ्नो गर्भावस्थाको लागि एक योजना बनाउने

-फोलिक एसिड कम्तीमा ४०० माइक्रोग्राम सम्म लिन सुरु गर्ने

-मधुमेह र अन्य स्वास्थ्य समस्याहरुलाई नियन्त्रित गर्ने

-धुमपान, मदिरापान र अन्य लागुपदार्थको उपयोग नगर्ने

-स्वस्थ तौल प्राप्त गर्ने

-आफ्नो परिवारको स्वास्थ्य इतिहास र आफ्नो साथीको स्वास्थ्यको बारेमा थाहा पाउने

-निराशा, चिन्ता वा अन्य मानसिक स्वास्थ्य समस्याहरुको लागि चिकित्सकको सहायता प्राप्त गर्ने

प्रसव पूर्वको हेरचाह

जुन महिलाहरुलाई आफू गर्भवती भएको भेउ पाउँछन् उनीहरुले त्यही समयबाट एक स्त्री रोग विशेषज्ञसँग सल्लाह लिन सुरु गर्नुपर्छ ।

प्रसव भन्दा पहिले नै चिकित्सकहरुसँग सल्लाह लिएमा गर्भवती महिलाको सबै शारीरिक परिक्षण गर्न सुरु गरिन्छ जस्तोः तौल, पिसाबको जाँच आदि ।

गर्भको चरणको हिसाबले डाक्टरले गर्भवती महिलाको रगतपरिक्षण अल्ट्रासाउण्ड पनि गर्छन् ताकी यदि कुनै पनि समस्या छ भने त्यसको बारेमा थाहा भएर उपचार गर्न सकियोस् ।

यस बाहेक डाक्टरले बच्चा र आमाको स्वास्थ्यको बारेमा बताउँछ र के गर्ने भनेर सल्लाह दिन्छन् ।

यसले गर्भाधान र जन्मको पूर्वको हेरचाहको जटिलताहरुलाई रोक्न मद्धत गर्न सक्छन् र ती महत्वपूर्ण चरणको बारेमा महिलाहरुलाई सूचित गर्छन् । जसले उनीहरुले आफ्नो शिशुको रक्षा गर्न सक्छन् र एक स्वस्थ गर्भावस्था सुनिश्चित गर्छ । नियमित जन्मपूर्ण हेरचाह गर्ने महिलाहरुले यस्तो काम गर्न सक्छन् ।

No comments:

Post a Comment