Thursday, September 27, 2018

हा हा…ऋषी धमलाको कमाइले चलचित्र बनाउन पुग्छ ?’ धमला पत्नी एलिजाले पत्रकारलाई नै प्रश्न सोधेपछि



‘तपाईंलाई थाहै छ नि पत्रकारको कमाई कति नै हुन्छ र ? उहाँले कमाएको मात्रै पैसाले कहाँ पुगछ र, म आफै क्यानाडा बस्दा केही रकम कमाएकी थिएँ । त्यसमा मेरी मम्मीले पनि हाल्नु भएको छ । ऋषिजीले कमाउनु भएको अलिअलि पैसा हाल्नु भएको छ ।’

पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतलमले एउटा सञ्चार माध्यमसँग गरेको कुराकानीमा यस्तो बताएकी छन् । सञ्चारकर्मीले एलिजालाई ‘ऋषि धमलाले पत्रकारिताबाट कमाएको पैसा सिनेमामा लगाएको भन्छन् नि ?’ भन्ने प्रश्न सोधेका थिए । ऋषी धमलालको केहि रकम भने लगानी भएको उनले बताईन् ।

उनले ऋषी धमलाको कमाइले चलचित्र बनाउन नपुग्ने बताएकी हुन् । पत्रकार ऋषि धमाला निर्माता रहेको सिनेमा अनुराग यही असोज १२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने छ । आफ्नो सिनेमाको प्रचार प्रसारमा धमला र उनकी पत्नी एलिजा गौतम कम्मर कसेरै लागेको देखिन्छ ।

साभार: Osnepal

No comments:

Post a Comment