Friday, September 21, 2018

नेपाल कै सुन्दरी पुलिस इन्चार्ज भनेर चिनिएकी एलिजा गिरी आखिर को हुन् ? जान्नुहोस – भिडियो सहित


ठमाडौँ । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा नयाँ इन्चार्ज पठाएको छ । बालुवा सेटिङमा घुस लिएको आरोमा शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ असईसहित ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएपछि कोटेश्वरका हालका इन्चार्ज राजु लामालाई हटाएर इन्सपेक्टर एलिजा गिरीलाई पठाइएको हो । आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ३० हजार घुस रकम सहित कोटेश्वरको मुनिभैरव मन्दिर नजिकै रहेको लुम्बिनी तन्दुरी भोजनालयबाट नियन्त्रणमा लिएको बताईएको छ ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले कोटेश्वरका इन्सपेक्टर लामालाई हटाएर एलिजालाई पठाइएको बताए । लामालाई भने सामाखुसीस्थित पहरा गणमा पठाएको छ ।

फिल्ममा अभिनेत्रीहरु, प्रहरी अधिकृत भएको हामी सवैले देख्दै आएका छौं । एक्सन रोल गर्न सक्ने अभिनेत्रीहरु मात्र फिल्ममा इन्स्पेक्टर भएर देखापर्छन् । पछिल्लो समय अभिनेत्री रेखा थापाले केही फिल्ममा प्रहरी अधिकृत भएर एक्सन् देखाएकिछन् । मानौं इन्स्पेक्टर भनेको एक्सन् रोल नै हो ।



कल्पना गरौं, रेखा थापा वास्तविक जीवनमा समेत इन्स्पेक्टर भइन भने के उनले फिल्म लंकामा जस्तो चमत्कार देखाउन सक्लिन् ? यस प्रश्नको जवाफ के हुन्छ भन्न सकिदैन ? तर पछिल्लो पटक वास्तविक जीवनमा नै एउटी सुन्दरी मोडल प्रहरी प्रभागको प्रमुख भएर चर्चामा आएकी छन् । त्यो पनि शान्तिसुरक्षाको चुनौती ठानिएको स्थानमा । हो, कोटेश्वरको कमाण्ड सम्हाल्न आइपुगेकी छन्, क्रश खुकुरीको चिन्ह लगाएर सुन्दरी मोडल एलिजा गिरी । अर्थात इन्स्पेक्टर एलिजा गिरी ।

गत शनिवार कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका केही प्रहरीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसंधान आयोगले पक्राउ गरेपछि त्यहाँका प्रहरी प्रमुखलाई तत्काल फिर्ता बोलाईयो र ती ठाऊँमा अन्यत्र काम गर्ने प्रहरी अधिकृतहरु पठाईयो । त्यही क्रममा कोटेश्वरका इन्स्पेक्टर राजु लामालाई रिप्लेस गर्दै एलिजा त्यहाँको प्रमुख भएकी हुन् । हेर्नुहोस् भिडियोमा :

No comments:

Post a Comment