Sunday, September 23, 2018

पश्चिम सेती बन्न नदिने को हो ? यस्तो छ भारतीय स्वार्थ



आयोजना बन्ने हल्ला चलेको दशकौं बितिसक्दा पनि पश्चिम सेतीले गति लिन सकेको छैन । पछिल्लो समय आयोजना निर्माणका लागि अनुमति लिएको चिनियाँ कम्पनी थ्रीगर्जेज आयोजनाबाट बाहिरिएसँगै पश्चिम सेतीको निर्माण कार्य फेरि अनिश्चितातर्फ धकेलिएको छ ।

थ्री गर्जेज चीनको सरकारी कम्पनी हो । अहिले बूढीगण्डकीबाट गेजुवालाई हटाउने निर्णयकै कारण थ्री गर्जेज पनि बाहिरिएको चर्चा छ । थ्री गर्जेज र गेजुवाको बहिर्गमनले चिनियाँ पक्षलाई चोट परेको सम्बद्ध क्षेत्रका विज्ञहरुको दाबी छ । बूढीगण्डकीकै कारण संसारभर चिनियाँ कम्पनीहरुको साख गिर्ने काम भएका कारण पश्चिम सेतीबाट पनि थ्री गर्जेज आफैँ बाहिरिन खोजेको कतिपयको बुझाइ छ ।

No comments:

Post a Comment