Friday, September 21, 2018

आफ्नो वास्तविक उमेर भन्दा कम उमेरकाे देखिन अपनाउनुस् यस्ता टिप्स



काठमाडौं । आफ्नो उमेर भन्दा कम उमेरको ज्यान देखाउने रहर सबैलाई हुन्छ । अर्थात आफु आफ्नो उमेर भन्दा बुढो शरीर देखाउने चाहना कसैलार्ई हुँदैन् । तर चाहेर मात्र हुँदैन् । यसका लागि आफुले पनि केही मेहनत गर्नु पर्छ । आज हामी तपाईलाई यहाँ आफ्नो वास्तविक उमेर भन्दा कम उमेरको देखिन के गर्ने भन्ने बारेमा जानकाररी दिदैछौँ ।

–चुरोट पिउनेहरुको अनुहारमा चाउरी छिटो पर्ने भएकाले चाँडै बुढो देखिन्छ । त्यसैले यो बानी त्याग्नुहोस् ।

–छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ । पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ।

–वढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई वेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्छ।

–शरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ । प्रशस्त पानी पिउदा शरीर भित्रका फोहर पदार्थहरु मल, मुत्र र पसिनावाट वाहीर राम्रो संग निस्कन्छन् । पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र त्यसको असर छालामा पनि देखिन्छ।



–दिनभर दौडधुप र परिश्रम गर्दा शरीर तथा मस्तिष्क थाकी आराम खोजी रहेको हुन्छ । करिव सात घण्टा जती सुतेपछि शरीर र मस्तिष्कले आराम पाउँछन् र पुन काम गर्नको लागि फ्रेस हुन्छन् । यदि शरीर र मस्तिष्कले आफुलाई पुनर्ताजगी गर्न आवश्यक पर्ने आराम पाएनन् भने विहान उठ्दैखेरी फ्रेस हुदैनन् । लगातार यस्तो भइराख्यो भने वास्तविक उमेर भन्दा वढी उमेरको देखिने, छाला चाउरी पर्ने आदि हुन्छ।

–मानसिक तनावको असर शरीर र मस्तिष्क दुवैमा नराम्रो पर्छ । कतिपय छालाका रोगहरु जस्तै सोरायसिस, दाद, मानसिक तनाव हुँदा वढ्छन् । अनुहारमा पनि मानसिक तनावको असर नराम्रो पर्छ।

–सोझै मुखमा घाम नपर्ने गरी केहि समय घाममा वस्न सकिन्छ, वढी वस्नु हुदैन।

–शरीरको लागि धेरै प्रकारका हार्मोनहरुको आवश्यकता हुन्छ । हार्मोनहरुको सन्तुलन विग्रदा पनि मस्तिष्कमा र शरीरमा असर पर्दछ । छाला सुख्खा हुने, खस्रो हुने यिनै कारण पनि हुन सक्छन्।

No comments:

Post a Comment