काठमाडौं –नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्का पक्राउ परेका छन् । खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले रातोपाटीलाई जानकारी दिए ।खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खड्काकी भाईबुहारी सुमन खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले बताएका छन् ।
नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र उनको भाई–बुहारीको बीचमा विगत पाँच बर्षदेखि अंश मुद्धा चलिरहेको छ । खड्कालाई नेपालगञ्जबाट आईतबार नियन्त्रणमा लिएर काठमाडौं ल्याएको बताइएको छ ।
No comments:
Post a Comment